तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १० बैशाख २०७८, शुक्रबार ११:४८
Buddha Eyes

सिंहदरवार गाउँ-गाउँमा स्थानीय सरकार घर-घरमा ! पालिका प्रमुख/उपप्रमुख धोती स्याहार्न नसकेको अवस्थामा भौतिक सम्पति कहाँ कति छ तथ्याङ्कको त कुरै नगरू । जनप्रतिनिधी भित्र/बाहिर गर्दा गर्दै चार वर्ष स्वाहा ! अब त चुनावमा टिकट लिनेतर्फ ध्यान दिन थालेपछि विदुर नगरपालिकाको नाममा रहेको बट्टार बसपार्कको हरिबिजोग ! ठेकेदारको बसपार्कमा कर उठाउने जिम्मेवारी बिर्सेपछि कसको पो के लाग्छ र ! भौतिक पूर्वाधार बनाउने, खाली जग्गा भाडामा लगाउँदै अधिकार दुरूपयोग गरेर पत्तो असुल्न थालेपछि वडाध्यक्ष टलकमान र ठेकेदार अशोकबिच झण्डै गत हप्ता मुक्का-मुक्की ! जनप्रतिनिधीका अवधि सकिन लागेर हो कि ठेकेदार र जनप्रतिनिधी एउटै पार्टीको भएर हो सम्झौता धोती लगाउँदा पनि कहीँ कतै चुक्क नहुनु बिडम्वना !