‘गोसाईँकुण्डमा २७ फिटको शिवको मुर्ति बन्छ’ मन्त्री फुँयाल

धुन्चे, २६औं वन्यजन्तु सप्ताहको समापन समारोहमा रसुवा आउनुभएका वागमती प्रदेश सरकारका भौतिक तथा पुर्वाधारमन्त्री रामेश्वर फुँयालले धार्मिक एवं पर्यटकिय क्षेत्र गोसाईँकुण्डमा २७ फिटको मुर्ति बन्ने बताउनुभएको छ ।

       ‘जलविद्युत्, पर्यटन, रसुवागढी नाका, पुर्वाधार, शिक्षा, सु-संस्कृति, समृद्ध र गोसाईँकुण्ड हाम्रो सदिक्षा’ भन्ने मुलनाराका साथ बंैशाख १ देखि शुरू भएको वन्यजन्तु सप्ताह मंगलबार समापन भएको छ । धार्मिक हिसाबले महत्व रहेको गोसाईँकुण्डमा केबलकार धुन्चेबाट नै हुने र शिवको मुर्ति स्थापना गर्न सहयात्री बन्ने प्रतिबद्धता मन्त्री फुँयालले जनाउनुभएको छ । गोसाईँकुण्ड गाउँपालिका, लामटाङ राष्ट्रिय निकुञ्ज, जिल्ला समन्वय समिति रसुवाको आयोजनामा भएको उक्त सप्ताह कार्यक्रम विशेष गरी जिल्लालाई खेलकुदको माध्यमबाट तामाङ सम्पदामार्ग, लाङटाङ, गोसाइँकुण्ड र लुकेका प्राकृतिक सम्पदा, वन्यजन्तुमा रेडमाण्डा, कस्तुरी, मृगलगायत वन–वनस्पतिको संरक्षण गर्ने र विश्व सामु चिनाउन २६ वर्ष अगाडीदेखि कार्यक्रम भईरहेको छ ।

       बैंशाख १ देखि ५ गतेसम्म भएको पालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा प्रथम हुन सफल उतरगया युनिक क्लब प्रथम, अकियास टिम दोस्रो र ठुलोगाउँ युवा क्लब तेस्रो भएको थियो । उक्त प्रतियोगितामा प्रथमलाई एक लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार रूपैयाँ, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । प्रथम पालिका अध्यक्ष भलिवल कप २०७८ भिमलाल हिराचन स्मृति प्रतिष्ठानले जितेको छ । दोस्रो अकियास टिम र नौकुण्ड गाउँपालिका तेस्रो भएका छन् । पुरस्कारको राशी प्रथम पुरस्कार १ लाख, दोस्रो ५० हजार, तेस्रो २५ हजार रूपैयाँ रहेको थियो । विजेतालाई ट्रफिसहित प्रमाणपत्र वितरण गरिएको थियो ।