जन्मदिनकोे खर्च ज्येष्ठ नागरिक प्रतिष्ठानलाई

  • शम्भुराम दाहाल

बट्टार, कमाउनलाई जतिपनि कमाईएला, रमाउनलाई चाहीँ समाजको लागि केही गरौं भन्ने उद्देश्यले विदुर नगरपालिका बट्टारका युवा ब्यवसायी तथा शुभश्री अटोपार्टस्का प्रोपाईटर रामेश्वर गुणीले आफ्नो जन्मदिनको फजुल खर्चलाई सामाजिक सेवामा लगाएका छन् । उनले जन्मदिनमा हुने खर्च विदुर नगरपालिका वडा नं.–५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानलाई जिन्सी सामान र नगद रूपैयाँ प्रदान गर्नुभएको छ ।

      देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानमा आश्रित बृद्धबृद्धाको लागि सानो सहयोग भएपनि पुगोस् भन्ने उद्देश्यले विभिन्न खाद्यान्न सामाग्री र नगद १० हजार रूपैयाँ सहयोग गरेको गुणीले बताए । उनले खाद्यान्न र नगद प्रतिष्ठानका पदाधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै उनले अन्य युवा पिढीलाई पनि फजुल खर्च नगरी सामाजिक कार्यमा सहयोग गरी रचनात्मक तरिकाले समाज सुधार गर्न आग्रह गर्नुभएको छ । आजभोली गुणीले जस्तै केही युवाले जन्मदिन, वैवाहिक कार्य र पितृ स्मरण विभिन्न सामाजिक संस्थालाई आर्थिक, जिन्सी सामान सहयोग गर्न शुरू गरेका छन् ।