विदुर कर परामर्श गल्छीमा

गल्छी, नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा रहेको विदुर कर परामर्श सेवा केन्द्रले गत हप्तादेखि धादिङ जिल्लाको गल्छीबजारमा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको शुभारम्भ नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं कर परामर्श सेवा केन्द्रका सञ्चालक दिनेश श्रेष्ठले गर्नुभएको थियो ।

       सेवा केन्द्रबाट नुवाकोट र धादिङको करदाताको सहजीकरणको लागि प्यान-भ्याट दर्ता परामर्श, करचुक्ता, ब्यवसाय उद्योग दर्ता, बिजनेस प्लान (स्किम), कम्पनी दर्ता-अद्याबद्यिक, बंैक ऋणको लागि बित्तिय विवरण, लेखा परामर्श, सवारी साधनको ब्लूबुक नविकरणलगायत कर सम्बन्धी सम्पूर्ण कार्य गरिरहेको छ । परामर्श सेवाको विदुरमा मुख्य शाखा र धुन्चेमा सम्पर्क कार्यालय यसअघि सञ्चालन भईसकेको छ ।