तेस्रो अाँखा

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०७८, मंगलवार १३:१२
Buddha Eyes

कोरोना भाईरसको दोस्रो लहरको कारण जिल्लाबासी भयवित ! जोखिम बढ्दै गएपछि एकथरी अहरोत्र खटिरहेका छन् भने अर्काथरी टिका–टिप्पणी र फेसबुकमा भाईरल हुने खालको निर्णय गरियो भनेर गर्व गर्न थालेपछि तेस्रो अाँखाको पुर्पुरो तातेको छ । कोरोनाको विरूद्ध सुरक्षाकर्मी, स्वास्थ्यकर्मी अहरात्र ज्यान धरापमा राखेर तलवबाट मास्क र स्यानीटाईजर किन्न बाध्य ! जिल्लाका धेरै ब्यवसायी, संघ–संस्थाले प्रतिस्पर्धामा गत वर्ष गरेको सहयोग फेसबुक खोले देखिन्छ । दलको कार्जेक्रममा मञ्च बनाउन र सवारी र खाना, नास्ता ब्यवस्थापनको लागि खर्च जोहो गर्ने ब्यवसायी, संघ–संस्थालाई सामाजिक उत्तरदायित्व के हो भनेर कस्ले सिकाउने ? दलको छाया र मायामा मरिमेट्ने यस्ता संस्थाको विपत् कोष बहन बनाउने बुद्धि कहिले फिर्ला खै ? प्रशासन अक्सीजन सदरमुकाममा खोज्दैछ ! बेलकोट नगरपालिकामा सबभन्दा ठूलो उद्योगको रूपमा रहेको सिसाको हुक्का चिलिम उद्योगमा असरल्ल अक्सीजन सिलिण्डर देख्दा प्रहरी प्रशासनले पत्तो नपाएको हो कि अक्सीजनको अहिले महत्व नबुझेको हो नागरिक ट्वाँ !