अध्यक्ष चढ्ने गाडी संक्रमित बोक्न प्रयोग

  • सरस्वती न्यौपाने

कालिकास्थान, कोरोना भाईरस तिव्र रूपमा फैलिन थालेपछि रसुवा जिल्लाको कालिका गाउँपालिका अध्यक्ष सीता अधिकारी पौडेलले आफू चढ्ने गाडी कोरोना बिरामी तथा अन्य बिरामीलाई बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएकी छिन् । कालिका गाउँपालिकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि एम्बुलेन्सको अभाव भईरहेको थियो । बिरामीलाई अस्पताल पु¥याउन अध्यक्ष अधिकारीले आफू चढ्ने गाडी दिएपछि सहज भएको छ ।

         बा.२ झ.४०९७ नम्बरको सरकारी गाडी एम्बुलेन्स सरह सर्वसाधारण बिरामी अ‍ोसार–पसार गरी सहयोगी भुमिका निभाएर गाउँपालिका अध्यक्ष आफै घर–घर पुगेर बिरामीलाई ग्रामिण अस्पताल जिवजिवेसम्म पु¥याउने काम गरिरहनुभएको छ । आफू बरू पैदल हिंडेर जनताको सेवा समर्पित भई हिड्ने उनले बताएकी छिन् । कालिका गाउँपालिकाले होम आईसोलेसनमा रहेका कोराना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी परिचालन गरेर स्वास्थ्यकर्मीसँगै अध्यक्षसहित जनप्रतिनिधी घरघरमै पुगिरहेका छन् । सेवाकै लागि जनताले जिताएको हुँदा जनताको सेवा गर्न कुनै डर नभएको अध्यक्ष अधिकारीले बताईन् । गाउँबासीको लागि कुनै पनि बेला आफू सेवाको लागि तयार रहेको उनको प्रतिक्रिया छ । गत वर्ष पनि उनी यसरी नै सक्रिय भएर खटेकी थिइन् । कालिका गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ७० जना रहेका छन् ।