जिल्ला अस्पताल र स्वास्थ्यचौकीलाई पाँच लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

  •  सरस्वती न्यौपाने

धुन्चे, कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि जिल्ला अस्पताल र स्वास्थ्यचौकीलाई करिब पाँच लाख २६ हजार २७ रुपैयाँबराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

      हिमालयन कर्पोरेसन सोसाइटी नेपाल रसुवाका अध्यक्ष एवम् वृद्धिमनिवासी दावानुर्पु लामाले आफ्नोे खर्चबाट कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै जिल्ला अस्पताल धुन्चे र गोसाइँकुण्ड गाउँपालिका-३ र ५ मा रहेको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनले पेपरमास्क तीन हजार थान, केएन– ९५ मास्क तीन सय थान, अक्सिजन मास्क पाँच थान, स्यानिटाइजर पाँच सय एमएलको एक सय ५० बोतल, पिपिई सेट २५ थान, एन्टिजेन टेस्ट किट दुई सय ५० थान, अक्सिजन फ्लोमिटर १० थान, पल्स अक्सिमिटर १५ थान, भिटामिन ‘सी’ औषधि एक हजार ट्याबलेट, डिकोल्ड औषधि एक हजार ट्याबलेट, मुभ २४ थान, नेबुलाइजर मेसिन १० थान हस्तान्तरण गरेका हुन् ।

      रसुवाको माथिल्लो भेगको दुर्गम ग्रामीण बस्तीका मानिसलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउने हेतुले स्वास्थ्य सामग्री अस्पताल र गाउँपालिकालाई सहयोग गरेको लामाले बताए । कोरोना महामारीको यो समयमा लामाले गरेको सहयोगको उच्च मूल्याङ्कन र प्रशंसा जिल्लावासीले गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।