सांसद आर्चायद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • २७ जेष्ठ २०७८, बिहीबार ११:५०

धुन्चे, रसुवा जिल्लाबाट निर्वाचित विगठित प्रतिनिधीसभा सदस्य इन्जिनियर मोहन आर्चायले ब्यक्तिगत खर्चबाट जिल्ला अस्पताल धुन्चे र त्रिशूली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

      दुई जिल्लाको दुई अस्पताललाई सांसद आर्चायले भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले आफ्नै खर्चबाट करिव ६० लाख बराबरको मिनी भेन्टिलेटर ४ वटा, अक्सिमिटर ३० वटा, बेड ५ वटा, सर्जिकल माक्स ३ हजार थान, गत बिहीबार जिल्लास्तरीय कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई हस्तान्तरण गर्नुभएको हो । रसुवाली जनताको लागि निःस्वार्थ भावना बोकेर सुख, दुःखमा सधैं यसरी नै साथ दिईरहने र आगामी दिनमा समेत अहोरात्र खटिरहने उहाँले सो अवसरमा बताउनु भयो । सांसद आर्चायले विकास निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारी बजेट भन्दा बढी ब्यक्तिगत खर्च गरिरहनुभएको उत्तरगया गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्सालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो । सांसद आर्चायको सहयोगलाई रसुवाबासीले उच्च मूल्याङ्कन गरिरहेको समेत उहाँले सो अवसरमा बताउनु भयो ।