पचास प्रतिशत अनुदानमा कृषि औजार वितरण

  • त्रिशूली प्रवाह
  • २७ जेष्ठ २०७८, बिहीबार ११:५२

विदुर, विदुर नगरपालिकाले कृषि उत्पादनमा सहयोग पु¥याउने कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।

     कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार विगत वर्षदेखि नै वितरण गर्दै आएको छ । शुक्रबार विदुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर ७८ थान, पावर टिलर २ थान, विद्युतीय पम्प १ सय थान र बिउ भण्डारणको लागि आवश्यक भण्डारण सामाग्री वितरण गरेको छ । सामाग्री हस्तान्तरण गर्दै नगरपालिकाका प्रमुख सञ्जु पण्डितले कृषकलाई ब्यवसायिक बन्न आग्रह गर्नुभएको छ । प्राप्त सामाग्रीको सही सदुपयोग गर्न अनुरोध गर्दै अब निर्वाहमुखी कृषिबाट माथि उठ्नुको विकल्प नभएको उनले बताए । कार्यक्रममा उपप्रमुख गिताकुमारी दाहालले कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै कृषि प्राविधिकसँग आवश्यक सल्लाह लिएर अघि बढ्न अनुरोध गरिन् ।