संक्रमित र मृतकको दाहसंस्कार गर्दै सेना

  • त्रिशूली प्रवाह
  • २७ जेष्ठ २०७८, बिहीबार १२:१७

विदुर, कोरोना भाईरस संक्रमणका कारण त्रिशूली अस्पताल र जिल्लाका १२ वटा पालिकामा मृत्यु भएका संक्रमितको शव नुवाकोटका तैनाथ नेपाली सेनाको जबरजंग गणले गरिरहेको छ ।

      जबरजंग गणका गणपति प्रमुख सेनानी उदय लामिछानेले कोरोना संक्रमणबाट मृत्यु भएका २९ जनाको शव परिवारको इच्छानुसार उहाँहरूको परम्परा र संस्कार सामाजिक दूरी र स्वास्थ्यको मापदण्ड पूरा गरेर दाहसंस्कार गरेको जानकारी दिनुभयो । बिना बजेट सेनाले जोखिम मोलेर मृतक संक्रमितको दाहसंस्कार पालिकाले तोकेको स्थानमा गरिरहेको छ । सेनाले शवको दाहसंस्कार गर्न १ सय जनालाई तयारी अवस्थामा राखेको छ । एउटा टोलीमा ५ जना समावेंश गरेको छ । शव जलाएपछि त्यसमा संलग्न रहेका सेनालाई एकान्तबासमा १५ दिनसम्म राख्ने गरेको प्रमुख सेनानी लामिछानेले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । कहिले त एकैदिन ३-४ वटा शवको समेत दाहसंस्कार गर्न परेको उहाँले बताउनु भयो । दाहसंस्कारको लागि आवश्यक दाउरा ब्यवस्थापन सम्बन्धी पालिकाले गर्ने गरेको छ भने स्वास्थ्य कार्यालयले आवश्यक स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गरिरहेको छ ।