स्वास्थ्यकर्मीलाई हातपात गरे तिन वर्ष कैद

विदुर, अब स्वास्थ्य संस्थामा तोडफोड, स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा तिन वर्षसम्म कैद वा ३ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नुपर्ने कानुन बनेको छ ।

       आईतबार राष्ट्रपति विद्या भण्डारीले जारी गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश ः २०७८ मा सजायको ब्यवस्था गरिएको छ । अब उपचारको विषयमा स्वास्थ्य संस्थामा आगजानी तोडफोड, कुटपिट वा तालाबन्दी गर्ने तथा उपचारमा बाधा पार्ने ब्यक्तिलाई कसुर गरेको ठहर गरी कानुनी कारबाही गर्न सकिने भएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ११ बमोजिम नेपाल सरकार, मन्त्री परिषद्को सिफारिसमा अध्यादेश जारी भएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्दै उक्त अध्यादेश जारी भएको हो ।

     स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार कार्यमा कुनै किसिमको बाधा पु¥याउन वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमले धम्की दिने गाली–गलौज गर्न वा अभद्र वा अपमानजनक ब्यवहार गर्ने कसुर गरेमा एक वर्षसम्म कैद वा एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजायको ब्यवस्था अध्यादेशमा गरिएको छ ।