त्रित्रि माविको झन्डा सगरमाथामा

त्रिशूलीबजार, नुवाकोटको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयको झन्डा उक्त विद्यालयमा अध्ययन गरेका एक विद्यार्थीले सर्वोच्च शिखर सगरमाथामा फहराएका छन् ।

       विदुर नगरपालिका–१० गेर्खुटारका पर्वतारोही विवेक पाण्डेले विद्यालयको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको विद्यालयका सहायक प्रधानध्यापक राजेन्द्र दवाडीले जानकारी दिए । उक्त विद्यालयमा पढेका पाण्डेले विद्यालयको लोगो, नाम र ठेगानासहितको ‘माउन्ट एभरेस्ट समिट वि.सं.२०७८’ अङ्कित विद्यालयको झन्डा शिखरमा फहाराएका हुन् । पाण्डेले ०५१ सालमा त्रिभुवन त्रिशूली माविबाट एसएलसी दिएका थिए । पाण्डे यसअघि पनि सगरमाथाको चुचुरोमा पुगिसकेका थिए । यो उनको दोस्रो सगरमाथा यात्रा हो ।