दलित परिवारलाई खाद्यान्न सहयोग

धुन्चे, रसुवाको कालिका गाउँपालिका-३ र उत्तरगया गाउँपालिका-५ इटपारेका ५० दलित परिवारलाई मानव अधिकार तथा सामुदायिक विकास केन्द्र संस्थाले खाद्यान्न सहयोग गरेको छ ।

      लकडाउनका कारण आर्थिक अवस्था कमजोर भएका दलित तथा सीमान्तकृत समुदायमा खाद्यान्नलगायतको समस्या देखिएको र ज्याला-मजदुरी गरी जीविका चलाउनुपर्नेका लागि काम नपाइरहेको अवस्थामा अस्ट्रेलियाको नागरिकबाट सङ्कलन गरी पठाएको आर्थिक सहयोयबाट स्थानीय मानव अधिकार तथा सामुदायिक विकास केन्द्र संस्थामार्फत खाद्यान्न उपलब्ध गराएको हो । कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने र वडा नम्बर– ३ का वडाध्यक्ष पुष्पराज न्यौपानेको उपस्थितिमा अधिकांश दलित समुदाय रहेका इटपारेमा दैनिक ज्यालामजदुरीमा निर्भर हुनुपर्ने र अहिले कोरोनाका कारण काममा जान नपाएकाले समुदायमा खाद्यान्नलगायतका सामग्री वितरण गरिएको छ ।

       कालिका गाउँपालिका-३ का मुरली नेपाली भन्छन्य-स्तो महामारीमा काममा निस्केर काममा जान सक्ने स्थिति थिएन, समस्या थियो, तर हामीलाई सामाजिक अभियान्ता विश्वास नेपालीले समन्वय गरी राहत वितरण गरेकोमा सानो राहत मिलेकोमा आभार व्यक्त गर्दछु । लामो समयदेखि एकल र अपाङ्ग अवस्थामा रहँदै आएका मुरली नेपाली राहत सामग्री सहयोगले दुई महिनालाई पुग्यो, म केही गर्न सक्दिनँ, यो नै मेरो लागि गुन नै भयो भन्छन् । अर्काे उत्तरगया गाउँपालिका-५ का मुना नेपाली भन्छिन्घ-रमा अपाङ्ग देवर छन्, जहान धेरै छन्, कमाउने मानिस छैनन्, लकडाउन छ, घरबाट बाहिर जाने अवस्था छैन, यस्तो बेलामा खाद्यान्न सहयोगले धेरै सहयोग गरेको छ ।