धादिङ अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

धादिङबेंसी, धादिङ जिल्लामा रहेको धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु¥याइएको छ ।

      अस्पतालमा जडित प्लान्टले प्रतिघन्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको आइसियू र अन्य वार्डमा रहेका बेडमा पु¥याइएको छ । यसअघि नीलकण्ठ नगरपालिकाले पनि धादिङबेंसीमा रहेको अस्थायी कोभिड अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएको थियो । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन आवश्यक रहेका बिरामीलाई नुवाकोट ल्याउनुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ ।