तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १२:४२
Buddha Eyes

असारे विकासको चटारो देशभरि नै भइरहेको अवस्थामा नुवाकोट अछुतो रहने त कुरै भएन । सरकारी रकम सिध्याउनलाई कार्यालयमा स्टोर, लेखा र कार्जेलय प्रमुखलाई भएको धपेडी देख्दा कोरोनाको सङ्क्रमणले भेट्ला कि भन्ने चिन्ता तेस्रो आँखालाई ! सरकारी काम कहिले जाला घाम भन्ने पारामा काम हुने हाम्रा अड्डामा असार मसान्तको नजिक–नजिक अर्बौँ स्वाहा ! असारको विकास असारको भेलसँगै बगिरहँदा जिल्ला समन्वय प्रमुखको मुटु च्वास्स–च्वास्स ! जिल्लामा बजेट आउनै गाह्रो, आए सिस्टम मिलाएर खर्च गर्नै गाह्रो । सरकारी अड्डामा ढड्डा अपडेट गर्न र पालिकामा जनप्रतिनिधिलाई बक्साउन फलामको चिउरा चपाउनेजस्तो हुँदा हिजो रोजेर स्थानीय निकाय आउनेहरू तर्सिँदा विकास बजेट खर्च नहुँदा जनता ट्वाँ !