तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०७:४०
Buddha Eyes

कोरोनाको भाइरस, भेरियन्टको उत्पत्ति र औषधिको बारेमा संसारका मै हुँ भन्ने वैज्ञानिक चकित हुँदै डराइरहेको भए पनि नुवाकोटमा भने त्यो अवस्था छैन । नुवाकोटका प्रशासकले कोरोना भाइरस सार्वजनिक यातायातमा ओहोर–दोहार गर्ने सुइँको पाएपछि यातायात व्यवसायी ट्वाँ ! तर, लक्जरियर्स सानो निजी सवारीसाधान र मालबाहक निजी तथा भाडाका ट्रक, टिपरमा यात्रा गर्नेलाई कोरोना भाइरसले छुट दिने जिल्लामा अनुसन्धान भएपछि प्रजिअ दुलाल सरले सार्वजनिक यातायात ठप्प पारे पनि सडक भन्ने जाम ! काठमाडौंलगायत देशभर नाइट र डे बससमेत ओहोर–दोहोर गरिरहँदा जिल्लाका व्यवसायीहरू गाडी गुडेको हेर्न छिमेकी जिल्ला धादिङ र काठमाडौंमा । निषेधाज्ञा लगाउने कार्यान्वयन नगर्ने प्रशासनको कारण कोरोना भाइरस पनि हुनेखाने र टाठाबाठाका लागि जन्मेको हो कि भन्ने भ्रममा छन् गरिखाने वर्ग । हिजोका सडकका डनहरू अहिले दुलो पसेको अवस्था । बिमा, बैंक, राजस्व कार्यालय भने दिउँसै सालतमामी गर्न लाइट बालेर खोजेको अवस्था ।