सम्रग नुवाकोट काङ्ग्रेसको नेतृत्व गर्ने मेरो चाहना छ

  • त्रिशूली प्रवाह
  • ७ श्रावण २०७८, बिहीबार १२:३७

रमेश महत
महासमिति सदस्य नेपाली काङ्ग्रेस
नुवाकोट

नेपाली काङ्ग्रेसका युवा नेता रमेश महत अहिले महासमिति सदस्य छन् । आगामी नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा नुवाकोट पार्टी सभापतिको प्रमुख दाबेदार देखिएका महत युवाको प्रतिनिधि बन्ने अभियानमा छन् । गत ०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनमा महत नुवाकोट क्षेत्र नं. १ (ख)बाट पराजित भएका थिए । नेकपा एमाले र माओवादी केन्द्रको एलाइन्सका कारण हार व्यहोरेका महत ०४९ सालदेखि तरुण दलको झण्डा बोकेर राजनीतिमा होमिएका हुन् । नेपाली काङ्ग्रेस ११औँ महाधिवेशनमा क्षेत्रीय सचिव, १२औँमा जिल्ला सचिव हुँदै १३औँमा सभापतिका प्रतिस्पर्धी बनेका थिए । आगामी १४औँ महाधिवेशनमा फेरि नुवाकोट सभापतिमा उम्मेदवारी दिने तयारी गरेका महत कार्यकर्ता भेटघाटमा व्यस्त छन् । उनै महतसँग जिल्लाको राजनीतिक अवस्थाबारे गरिएको कुराकानीको सारसङ्क्षेप :

महाधिवेशन तोकिएकै मितिमा हुन्छ ?
महाधिवेशन अब क्रियाशील सदस्यको फाइनल गर्ने काम अलिकति बाँकी छ । त्यसकारण तोकिएको समयभन्दा केही हप्ता पर सक्ने सम्भावना छ । क्रियाशील सदस्यता फाइनल नभइसक्या अवस्थाले गर्दा अधिवेशन तोकिएकै मितिमा सक्दैन कि भन्ने कुरा बाहिर आएको हो ।

जिल्ला अधिवेशनको तयारी कस्तो छ ?
जिल्ला अधिवेशनको तयारी भन्या नै सबैभन्दा पहिला क्रियाशील सदस्यतालाई फाइनल गर्नुप¥यो, त्यसपछि वडा अधिवेशन पालिका÷नगरको हुनुप¥यो त्यसपछि प्रदेश क्षेत्र हँुदै जिल्लाको अधिवेशन हुन्छ । सदस्यता विवादले निर्धारित तालिकालाई असर पु¥याइरहेको छ । तैपनि अब महाधिवेशन हुने भनेपछि सबै किसिमको तयारी बिस्तारै भइराखेको छ ।

क्रियाशील सदस्यताको विवाद कहिले टुङ्गिएला ?
अब छानबिन समितिको केन्द्रीय पदाधिकारी पूर्वपदाधिकारी बैठकमा पेस भएको प्रतिवेदनअनुसार ७५ जिल्लाको फाइनल भयो भन्ने उहाँहरूले प्रतिवेदनमा लेख्नुभएको छ दुईवटा जिल्लाको बाँकी होला । केही उजुरी पनि आएकाले हेरिरहेको बुझिन्छ । अब केही दिनमै दुई जिल्लाको क्रियाशील सदस्यताको विवाद टुङ्गिएर जिल्ला–जिल्ला, क्षेत्र–क्षेत्र, पालिका, वडाको टुङ्गो केही दिनभित्र लाग्छ ।

विवाद नयाँ सदस्यतामा हो कि रिन्यु अथवा अन्य पार्टीबाट आएकाको बारेमा हो ?
यो विभिन्न जिल्लामा फरक प्रकृतिको विवाद छ, कतिपयचाहिँ अन्य पार्टीबाट आएको सदस्य सङ्ख्या धेरै भयो, अधिक रूपमा चाहिँ सदस्यता थप्ने काम भयो त्यसले महाधिवेशन नै प्रभावित पार्छ भन्ने खालको विवाद पनि एक हिसाबले उठिरहेको छ । अर्कोचाहिँ वडा सभा पनि गाउँ नगर सभापतिले महाधिवेशन प्रभावित हुने खालको नयाँ सदस्य भर्नुभयो, पारदर्शी भएन भन्ने खालको उजुरी पनि छ । कतिपय पाउनुपर्ने मान्छेले सदस्यता पाइनँ भन्ने खालको उजुरी छ । कतिपय जिल्लाको १३औँ महाधिवेशनदेखि नै विवादित क्रियाशील सदस्यता छ, त्यसको पनि कतिपय विवाद छन् जसको छानबिन गर्ने प्रयास केन्द्रीय छानबिन समितिले गरिरहेको छ ।

तपाईं १२औँ जिल्ला अधिवेशनको सचिव, १३औँको जिल्ला अधिवेशन सभापतिको प्रत्याशी, यसपटकको तयारी के छ ?
म स्वाभाविक रूपले यो अधिवेशनको जिल्ला सभापतिको उम्मेदवार हुँ । उम्मेदवारी दाबी गर्नु मेरा लागि स्वाभाविक हो । आफू प्रतिस्पर्धामा जानु र उम्मेदवारी घोषणा गर्नु स्वाभाविक हो । तैपनि कतिपय विषयमा अग्रज नेतासँग परामर्श गर्नुपर्छ । म त्यही क्रममा छु । सभापतिको उम्मेदवार दिनका लागि स्थानीय साथीसँग पनि परामर्शको क्रममा छु र आफ्नो उम्मेदवारी कसरी प्रस्तुत गर्ने, आफ्नो मात्र कुरा होइन क्रियाशील सदस्यतादेखि वडाको नेतृत्वदेखि गाउँ, नगर, क्षेत्र हँुदै आउनुपर्छ । भावी नेतृत्व कस्तो खालको ल्याउने भन्नेबारेमा पनि छलफल गरिरहेको छु । आफ्नो मात्र उम्मेदवारीमा केन्द्रित हुनेभन्दा पनि सम्रग जिल्ला अधिवेशनलाई कसरी लिएर जाने, जिल्लाको भूमिका केन्द्रमा कस्तो हुने यो खालको तयारी र परामर्शमा अहिले व्यस्त छु ।

लामो भूमिका बाँध्नुभयो, तपाईं आगामी १४औँ जिल्ला अधिवेशनमा सभापति पदमा उठ्नुहुन्न ?
सभापति उठ्ने कुरा मेरो मात्रै इच्छाले हुँदैन । सभापति उठ्ने, तर आफैँले घोषणा गर्नुभन्दा पनि स्थानीय साथीको परामर्श र नेताहरूसँगको सल्लाहमा तय गर्ने मेरो धारणा छ । अब आफैँले घोषणा गर्नुभन्दा पनि साथीहरूको परामर्शको आधारमा सभापतिको उम्मेदवारी दिनेछु । स्वाभाविक रूपले पनि म यसपटकको सभापतिमा उम्मेदवार हुँ । किनभने म १२औँ महाधिवेशनको जिल्ला सचिव भएर पाँच वर्ष काम गरेँ, त्यसपछि १३औँ अधिवेशनमा सभापतिमा उम्मेदवार बनेको थिएँ, तर १४ मतले पराजित भएँ । त्यसकारण यो अधिवेशनमा मेरो उम्मेदवारी त स्वाभाविक हो । तैपनि आफैँले गर्नुभन्दा पनि सबैको परामर्श, सल्लाह, सुझाब र आधारमा उम्मेदवार हुन्छु । म त्यसैको तयारीमा व्यस्त छु ।

काङ्ग्रेसको त धेरै खेमा छन् । तपाईं कुन खेमाबाट जिल्ला सभापतिको उम्मेदवार बन्दै हुनुहुन्छ ?
तपाईंले यो अत्यन्त महत्वपूर्ण प्रश्न गर्नुभयो । किनभने नेपालको राजनीति गुटबाट धेरै प्रभावित हुँदा सक्षम, योग्य, अनुभवी, पुराना पाखा लागेका छन् । यो प्रवृत्ति काङ्ग्रेसमा मात्र होइन, नेपालका सबै दलमा रहिरहेको छ । त्यसकारण सकभर यो अधिवेशन हामी युवाको राष्ट्रिय रूपमा पनि सहभागी अधिवेशन होस् जसले गर्दा पार्टी विभाजनतिर जाने, एकले अर्कोलाई प्रतिस्पर्धीको रूपमा मात्र नभई प्रतिपक्षजस्तो पार्टीभित्र व्यवहार हुने जुन प्रक्रिया निरन्तर पहिलादेखि चलिरहेको छ । त्यसलाई अन्त्य गर्न यसपालि एकताको अधिवेशन गर्न सकिन्छ कि भन्ने खालको प्रयासमा हामी लागिरहेका छौँ । गुटको भन्दा पनि अब पार्टीको अधिवेशन गर्ने र सबैलाई समेटेर अघि जाने खालको अधिवेशन सम्पन्न गनुपर्छ भन्ने मेरो धारणा हो । तपाईंले अघि सोध्नुभएको प्रश्न यो खेमाको, यो नेताको मात्र उम्मेदवार भन्नुभन्दा समग्र जिल्लाको नेतृत्व गर्ने पार्टीको हिसाबले अधिवेशन सम्पन्न गनुपर्छ भन्ने मेरो प्रमुख मुद्दा हो ।

त्यसो भए तपाईं महत र केसी पक्षको उम्मेदवार होइन ?
मजस्तै उम्मेदवारका आकाङ्क्षीबीच जिल्लामा छलफल होला । केन्द्रीय नेतृत्वको बाहुल्य भएको जिल्ला भएकाले उहाँहरूको पनि कोही उम्मेदवार होलान् । सबैसँग छलफल होला । त्यसपछि सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास हुन्छ, नसके प्रतिस्पर्धामा उम्मेदवार बन्लान् । नेताहरूले आफूअनुकूल समर्थन र सहयोग गर्लान् । तर, पहिलो प्रयास समग्र काङ्ग्रेसको जिल्लाबाट नेतृत्व गर्ने सबै नेताको सहमतिको आधारमा एउटा अधिवेशन हुन्छ भन्ने छ, नुवाकोटमा फरक किसिमको आकार हिजोको दिनमा रहेकाले पनि सबै साथीसँग छलफल गर्नुप¥यो । त्यसकारण प्रस्ट यस्तो मात्र यो–यो नेताको भन्नुभन्दा पनि समग्र नुवाकोटको काङ्ग्रेसको नेतृत्व गर्ने मेरो चाहना हो । आगामी स्थानीय, प्रदेश, सङ्घीय निर्वाचनमा काङ्ग्रेसलाई विजय गराउने गरी हामी जुट्नुपर्छ । यही स्वार्थमा अधिवेशन सम्पन्न गर्नुपर्छ ।

केसी पक्षले वर्तमान जिल्ला कार्यसमितिका सचिव सुरेन्द्र अधिकारीलाई सभापतिमा अघि सारेको छ नि ?
त्यस्तो होइन होला, मैले पनि अनलाइन अखबारमा अलिअलि आएको देखेको हो, तर उहाँहरू आफैँले घोषणा गर्नुभएको छैन । मैले पनि तपाईंहरूले सोध्दाखेर मै हो भनिराखेको छैन । यसले नै भोलि अधिवेशन गर्न सघाउँछ, अरूले अनुमानको भरमा यो मान्छे उठ्न सक्छ भनेर अनुमान गर्नु बेग्लै कुरा हो । तर, अहिलेसम्म नुवाकोट जिल्लामा म नै सभापति हो मेरो उम्मेदवारी भइसक्यो भनेर अहिले कुनै पनि नेताले भनेको अवस्था छैन । हाम्रो प्रयास एकताको अधिवेशन गर्ने सबैलाई समेटेर लाने एकीकृत काङ्ग्रेस बनाउने अधिवेशन हुनुपर्छ भन्ने मान्यता रहेको छ ।

तपाईं प्रकाशशरण, रामशरण र बहादुर सिंहको खेमाको उम्मेदवार भन्ने चर्चा छ नि ?
चर्चाको बारेमा अघि भर्खर एउटा प्रश्न गर्नुभयो, अहिले अर्को गर्नुभयो । त्यसकारण मैले यो सबै सम्भावनालाई एकैठाउँमा राखेँ, किनभने हिजो एउटा खेमाको समीकरण थियो, अहिले त्यस्तो छैन । नुवाकोटमा केन्द्रको समीकरण पनि बदलिएको छ । त्यसकारण सबै सम्भावनालाई एकै ठाउँमा राख्ने प्रयास गर्नुपर्छ । त्यकारण म यही खेमाको, यही नेताको मात्रै उम्मेदवार हो भन्नुभन्दा पनि समग्र काङ्ग्रेसलाई एकै ठाउँमा ल्याएर काङ्ग्रेसको अधिवेशन गराउनुपर्छ भन्ने लाइनमा म छु । बाहिर चर्चा कसले के गर्छ त्यो मेरा लागि सरोकारको विषय होइन ।

गत वर्षको निर्वाचनमा पार्टीभित्रको अन्तर्घातले काङ्ग्रेसको उम्मेदवारले हारेको हो भनिन्छ नि, यथार्थ के हो ?
निर्वाचनमा भोट नपुगेर हार्ने हो । कसले अन्तर्घात ग¥यो त्यसको प्रमाण हुँदैन, तर के भने नेपाली काङ्ग्रेसचाहिँ जसरी एक भएर निर्वाचनमा जानुपथ्र्यो त्यो हुन सकेन र मतदाताको सपोर्ट हामीलाई हुँदा पनि आन्तरिक विवादले नुवाकोटको सबै क्षेत्रमा हा¥यौँ । केही हदसम्म तपाईंले भनेको सत्य हो, तर यसको मतलब अन्तर्घातकै कारण हा¥यो भन्नुभन्दा पनि यसमा धेरै कारण छन् । एमाले र माओवादी केन्द्र एक भएका थिए । त्यसको पनि प्रभाव प¥यो र हामीले पार्टीलाई जसरी सक्रिय ढङ्गबाट निर्वाचनमा लानुपथ्र्यो, नसक्दा पराजय व्यहोर्नुप¥यो ।