धुन्चेमा च्याउको व्यावसायिक उत्पादन

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार ११:४२
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लावासीलाई च्याउ खान प¥यो भने बर्खा पर्खनुपथ्र्यो, त्यो पनि वन, जङ्गल चहारेर टिपेर ल्याएको च्याउ विषालु पनि पर्न सक्थ्यो । विगतमा च्याउ खान रसुवावासी डराउँथे । गत वर्ष धुन्चेका एक व्यवसायीले घरमै च्याउको उत्पादन गरेर देखाएपछि पौष्टिकवद्र्धक स्वादिलो च्याउ सहज रूपमा खान पाइरहेका छन् ।

     गत वर्षको परीक्षण सफल भएपछि धुन्चेमा च्याउको व्यावसायिक उत्पादन सुरु भएको छ । गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा पहिलोपटक गत वर्ष च्याउखेतीको परीक्षण उत्पादन गरिएको थियो । परीक्षण सफल भएसँगै प्रमोदकुमार तितुङले च्याउखेतीबाट राम्रो आम्दानीसमेत गर्न थालेका छन् । पहिलोपटक ५० वटा थैलोमा च्याउको उत्पादनका लागि बीजारोपण गरेकोमा सफल भएपछि स्थानीय कृषक तितुङले अरू चार सय थैलो तयार पारेर च्याउको बिउ उमार्ने तयारी गरेका छन् । धुन्चेको स्थानीय कृषक तितुङले कृषि प्राविधिकको सल्लाहबमोजिम आय-आर्जनका लागि व्यावसायिक रूपमा काम थालेका छन् । सामुद्रिक सतहदेखि १ हजार नौ सय मिटर उचाइमा रहेको धुन्चे गाउँमा च्याउ परीक्षण गरी उत्पादन सुरु गरिएको हो । एपिएग्रो नामक व्यावसायिक फार्म दर्ता गरेर तितुङले च्याउखेतीको व्यवसाय सुरु गरेका छन् । उत्पादित च्याउ खानका लागि एकदेखि डेढ महिनापछि तयार हुनेसमेत उनले बताए ।

     तितुङले फार्ममा खसी, बोका पाल्ने तयारीसमेत गरिरहेका छन् । परम्परागत रूपमा प्रयोग हँुदै आएको जङ्गली च्याउ लोप हँदै गएको र उच्चस्तरीय रूपमा नै च्याउको माग बढाउन र बजारमा आपूर्तिमा सहजता ल्याउन तितुङले झन्डै ८५ लाखको लगानीमा उक्त फार्म सञ्चालन गरेका छन् । उनको काम हेरेर कृषि ज्ञान केन्द्रले २५ लाख अनुदान सहयोग गत आवमा गरेर हौसला दिइरहेको छ । अन्तर्राष्ट्रिय नाका रसुवागढीनजिक रहेकाले उत्पादित च्याउ स्थानीय बजारको साथै चीनको केरुङमा समेत पु¥याउने उनको योजना रहेको छ ।