तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २१ श्रावण २०७८, बिहीबार १२:०४
Buddha Eyes

नुवाकोटमा जनमतभन्दा धनमत, जनादेशभन्दा परामादेश सलबलाउन थालेपछि विदुर नगरपालिकामा दिनदहाडै तोडफोड ! आधा वर्षपछि आउने स्थानीय तहको निर्वाचन र क्वार्टर महिनाभित्र हुने काङ्ग्रेसको अधिवेशनमा तम्सिएका समूहको इलम प्रशिक्षण केन्द्रमा गरेको तयारी प्रहरीको सहयोगमा असफल हुँदा भावी मेयरका आकाङ्क्षी र जिल्ला तथा नगर अधिवेशनमा होमिन खोज्ने धेरै उम्मेदवार रिङबाट आउट । काङ्ग्रेस वृत्तमा जेलनेल नभोगे पनि नगर तोडफोड गर्दा प्रहरीको लठ्ठी नलाग्ने नेता ट्वाँ ! काङ्ग्रेसको न्वारानदेखिको बल लगाएर जिल्लाका भएभरका कार्यकर्ता जम्मा गर्दा पनि राम्रोसँग तोडफोड गर्न नसक्दा डेढ हजार मतले पराजित मेयरका उम्मेदवार अधिकारी सरलाई चिसो ज्वरो हनहनी ! गोंगवु र महाराजगञ्ज दरबारतिर प्रहरीको लठ्ठी नलागेका व्यक्तिलाई नेतृत्वमा नलैजाने गाइँगुइँ चलेपछि नगर सभापति र भाबवी मेयर हुनबाट डेढ दर्जन नेता वञ्चित हुने अवस्था आएपछि व्यापारी पृष्ठभूमिका व्यक्तित्व काङ्ग्रेस परित्याग गर्ने साइत हेर्न ज्योतिषीकोमा !