सुजुकीको नयाँ स्कुटरको बिक्री शुभारम्भ

बट्टार, सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाइल्स प्रा.लि. काठमाडौंले बिएस सिक्स (BS 6) प्रविधिको सुजुकी एक्सेस स्कुटर बजारमा भित्र्याएको छ । कोरोना महामारीको नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो ।

      यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटरमध्येमा पर्छ । सुजुकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गकाबीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभरसमेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी छ । हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ सिसी स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्डजडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जन एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात् बिएस ६ प्रविधि जडान गरिएको छ । एफआई प्रविधिसमेत रहेको हुँदा उत्कृष्ट माइलेज आउँछ । २ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६ हजार ७ सय ५० आरपिएममा ८ दशमलव ७ पिएस पावर र ५ हजार ५ सय आरपिएममा १० एनएम टर्क जेनेरेट गर्छ ।

      एलइडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुविधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ । किक स्टार दुवै व्यवस्था रहेको सो स्कुटरमा २ दशमलव २ लिटरबराबरको स्टोरेज रहेको छ । मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको छ । १ सय ६० एमएसको ग्राउन्ड क्लियरेन्स रहेको छ । पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाइल, इन्जिन डाइग्नोस्टिक, ब्याट्री डाइनोस्टिकसहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् । सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटर बढी रुचाइएको रङ निलो हो । नुवाकोटमा विगत ८ वर्षदेखि त्रिशूली अटोमोबाइल्स/उत्सुक अटोमोबाइल्सले बट्टारमा सेल्स, सर्भिस, स्पेयर्स पार्टस्को सुविधा दिइरहेको छ । नुवाकोटमा बिएस सिक्स (BS 6) प्रविधिको सुजुकी एक्सेस स्कुटर नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले सोमबार शुभारम्भ गरेका थिए । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य धु्रव रावल, नेको इन्स्योरेन्सका प्रतिनिधि रविन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो । सुजुकीको स्कुटरमा बर्गमेन, एक्सेस र मोटरसाइकलमा सुजुकी जिक्सर १ सय ५५ सिसी, सुजुकी हायते, सुजुकी एफआई, १ सय ५०, २ सय ५० सिसीको बजारमा उपलब्ध छ ।