युवा माक्र्सवाद जनताको बहुदलीय जनवाद समाहित

  • रामलाल श्रेष्ठ

नेपाली समाजमा माक्र्सवादी दर्शनको चर्चा क्रान्तिकारी दर्शनको रूपमा गरिँदै आएको छ । क्रान्तिकारी चरित्र नै माक्र्सवादी दर्शनको मूलभूत चिन्तन हो भन्ने मूल मान्यता नेपाली समाजमा गडेर बसेको छ । क्रान्ति नगर्ने पार्टी माक्र्सवादी हुन सक्दैन तसर्थ नेकपा एमालेको जनताको बहुदलीय जनवाद (जबज) कुनै माक्र्सवादी दर्शनको जगमा उभिएको दर्शन नभएको हँुदा एमाले कम्युनिस्ट पार्टी नै होइन भन्ने आलोचना सुनिन्छ ।

माक्र्सवादी दर्शन के हो ?

       नेपाली समाजमा दर्शनको चर्चा हुनै छोडेको छ । राजनीतिमा लागेका कार्यकर्तालाई दर्शन कुन चराको नाम हो जस्तो भएको छ । हुँदाहँुदा माननीय पद धारण गरेका व्यक्तिसमेत दर्शनको धेरै कुरा बुझ्दैनन् । माक्र्सवादी दर्शन सबैभन्दा कान्छो दर्शन हो । नेपालमा जंगबहादुर राणाले वि.सं. १९०३ तिर कोतपर्व मच्चाई शासन आफ्नो हातमा लिने तयारी गर्दै गर्दा फ्रान्सको पेरिसमा बसेर कार्लमाक्र्स माक्र्सवादी दर्शनको खाका कोर्दै थिए । जंगबहादुर लन्डन पुग्ने पहिलो नेपाली प्रधानमन्त्री हुन् । जंगबहादुर बेलायत पुग्दा सन् १८५१ ताका कार्लमाक्र्स जर्मनी नागरिकता त्यागेर पेरिस हँुदै लन्डन निर्वासनमा पुगिसकेका थिए । सन् १८५० ताकाको लन्डन औद्योगिक क्रान्तिको उच्च शिखरमा पुगिसकेको थियो । औद्योगिक क्रान्तिले एकातिर उद्योगपति धनी बन्दै थिए भने अर्कोतिर उद्योगमा काम गर्ने मजदुर गरिबभन्दा गरिब बन्दै थिए । औद्योगिक क्रान्तिले बेलायती समाज र पूरै युरोपेली समाज धनी वर्ग र गरिब वर्गमा विभाजित भइरहेको थियो । उद्योगपति सम्पन्न हुँदै जाँदै थिए भने कारखानामा काम गर्ने मजदुर विपन्न र दयनीय स्थितिमा गुजारा गर्दै थिए । मजदुर वर्गको दयनीय स्थिति जनावरको जस्तो स्थितिमा पुगिसकेको थियो । मानिसलाई जनावरको स्थितिमा पु¥याउने औद्योगिकरणको पूरै आलोचना गर्दै पुँजीवादी समाजको शोषण समाप्त गर्ने दर्शन नै माक्र्सवादी दर्शन हो ।

युवा माक्र्सवादी दर्शन के हो ?

        कार्लमाक्र्स सन् १८४८ सम्म क्रान्तिकारी भइसकेका थिएनन् । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेख्नुअघिसम्मको समयमा लेखिएका माक्र्सवादी दर्शनमा क्रान्तिकारी धार देखिँदैन । कार्लमाक्र्स युवा छँदा अर्थात् ३० वर्ष हँुदासम्म लेखिएका दर्शनलाई युवा माक्र्सवादी दर्शन भनिन्छ । यो समयमा लेखिएका सबै पुस्तक उनीभन्दा अगाडिका दार्शनिक जर्ज डब्लू हेगेलको दर्शनको जगमा टेकेर लेखिएका थिए । औद्योगिक क्रान्तिले बेलायती समाजमा नकारात्मक प्रभाव छोड्दै अघि बढिरहेको थियो । यसै पृष्ठभूमिमा कार्लमाक्र्स र फ्रेडरिङ एंगेल्सले सन् १८४३ देखि १८४८ सम्मको पाँच वर्ष मानिसको बारेमा, मानिसको चेतनाको बारेमा, मानिसको स्वभावको बारेमा चर्चा गरिएका चिन्तन भेटिन्छन् । मानिस के हो ? मानिसको चेतनाको मुहान के हो ? मानिसको वास्तविक स्वभाव के हो ? मानिस र प्रकृतिबीचको सम्बन्ध के हो ? मानिसको इतिहास के हो ? आदि प्रश्नको जवाफ युवा माक्र्सवादी दर्शनमा भेटिन्छ । मानिस संसारका अन्य जीवभन्दा दुई कुरामा मात्र भिन्न छ । एउटा मानिस चेतनशील जीव हो र अर्को मानिस क्रियाशील वा सिर्जनशील जीव हो । सिर्जनाको अभावमा मानिस जनावरको श्रेणीमा झर्दछ भने सिर्जनाबाट वञ्चित गरियो भने मानिस आफ्नो वास्तविक स्वभावबाट अलग्गिने प्रक्रियामा पुग्दछ । पृथ्वीका अन्य जीव केवल आफ्ना लागि र प्रकृतिले निर्धारण गरेको स्थिर क्रियाकलाप मात्र गर्ने स्वभावको निश्चित गुण भएको हुन्छ भने मानिस आफूलाई र आफूबाहेक पृथ्वीका सबै जीवलाई आवश्यक वस्तु निर्माण गर्ने क्षमता बोकेको जीव हो । मानिस अन्य जीवले जस्तो लगातार एकैप्रकारको वस्तुको सेवनले जीवन गुजारा गर्ने स्वभावको जीव होइन । आज एक थोक खानामा मजा मान्छ, भोलि र पर्सि त्यही खाना उसलाई दिक्क लाग्न थाल्दछ । मानिस प्रत्येक दिन केही न केही नयाँ चाहनाको स्थितिमा रहने र त्यसको निर्माणबाट सन्तुष्ट वा भरिन चाहने जीव हो । मानिस स्थिर जीव होइन । मानिस अन्य जीवभन्दा धेरै पस्तुको चाहना गर्ने जीव हँुदा स्वतन्त्रतापूर्वक जीवन चलाउने जीव हो । तसर्थ मानिस स्वतन्त्र जीव हो । गाई वा घोडा वा सिंहजस्ता जीव एउटा निश्चित स्वभावमा आफ्नो जीवन गुजारा गरिरहेका हुन्छन् । गाईले आज पनि घाँस खान्छ, भोलि पनि घाँसै खान्छ । आज घाँस खाए भोलि खसीको मासु वा काउली वा बन्दाको चाहना गर्दैन । त्यस्तै, सिंह वा बाघले आज केही पाइएन घाँस खाएर जीवन गुजारा गरौँ न त भनेर मान्दैन । सिंह वा बाघलाई कुनै न कुनै जनावरको मासु नै चाहिन्छ । जनावरको मासु उपलब्ध नभएको बेला सिंह वा बाघको घाँस वा बन्दा वा काउलीले गुजारा चलाउने स्वभाव हुँदैन । यसरी प्रकृतिको नियमभित्र बस्न अन्य जीव बाध्य छन् । अन्य जीवमा प्रकृतिको नियम तोड्न वा भत्काउन सक्ने क्षमता हँुदैन । मानिसबाहेक पृथ्वीका अन्य जीव स्वतन्त्र छैनन् । प्रकृतिको नियमभित्र बस्न बाध्य भएको कारण यी जीव स्वतन्त्र जीव होइनन् । तर, मानिस अन्य जीवको दाँजोमा स्वतन्त्र जीव हो । मानिसको निर्माण नै प्रकृतिले यसरी गरिदिएको छ कि उसको प्राकृतिक स्वभाव नै स्वतन्त्र रहने किसिमको छ । आज एक थोक चाहना गर्छ भोलि अर्कै थोकको चाहना गर्छ । आज एक थोकले सन्तुष्ट हुन्छ, भोलि वा पर्सि त्यही चिज दिक्क लाग्छ । आज साकाहारी भोजनमा सन्तुष्ट हुन्छ भोलि मांसाहारी भोजनको चाहना गर्दछ । आज दाल, रोटी मिठो लाग्छ भोलि चाउचाउ मनपर्छ, पर्सि मःम खान मन गर्छ । आज एउटा कलरको लुगा मन पर्छ भोलि अर्कै लुगा वा कलरको लुगा लगाउन मन गर्छ । यी सबै कुरा गर्न सम्भव गर्ने क्षमता मानिसमा हुन्छ । तसर्थ मानिस स्वतन्त्र जीव हो भनिएको हो ।

जनताको बहुदलीय जनवाद के हो ?

        नेकपा एमालेको बहुदलीय जनवाद (जबज) मानिसको स्वतन्त्रताको स्वभावमा निर्माण गरिएको सिद्धान्त हो । कार्लमाक्र्सको युवा दर्शनभित्र मानिसको यही चरित्रको व्याख्या गरिएको छ । कार्लमाक्र्सको आर्थिक तथा दार्शनिक पान्डुलिपि जसलाई पेरिस म्यानुस्क्रिप्ट पनि भनिन्छ भन्ने पुस्तकमा मानिसको स्वतन्त्र स्वभावको व्यापक चिन्तन भेटिन्छ । मानिस प्रकृतिको नियमभित्र बाँधिएर जीवन गुजारा गर्ने जीव होइन । प्रकृतिसँग अन्तत्र्रिmया वा रतिक्रिया गर्दै सुन्दर संसार निर्माण गर्ने सिर्जनशील जीवको रूपमा मानिसको व्याख्या गरिएको छ । मानिसको प्राकृतिक स्वभाव भनेको सिर्जनशील स्वभाव हो । मानिसको सिर्जनशील स्वभाव जबर्जस्ती दबाउन वा निमोठ्न खोजियो भने मानिस निराश र विरही स्वभावमा रूपान्तरण हुन्छ । मानिसको सिर्जनशील स्वभाव भनेको प्रकृतिको अपार स्रोत र साधनसँगै मानवीय श्रम लगाउँदै आफ्नो तथा अन्य सबै मानवलगायत जीवका लागि आवश्यक सुन्दर वस्तुको सिर्जना गर्ने हो । मानवको यो सिर्जना गर्ने उत्कट चाहनामा अवरोध गर्ने वातावरण वा परिस्थिति निर्माण गरियो भने मानिस आफ्नो प्राकृतिक स्वभावबाट अलग्गिँदै जान्छ र यो निकै पीडादायी हुन्छ । मानिस सिर्जनात्मक कामबाट अलग्गिँदं जाँदा आफ्नो जीवन निरस र निराश महसुस गर्दछ । यसो गर्नु भनेको मानिस आफ्नो स्वभावभन्दा जनावरको स्वभावमा रूपान्तरण हँुदै गइरहेको हुन्छ ।

        युवा माक्र्सवादी दर्शनको यो चिन्तन जनताको बहुदलीय जनवादमा समाहित गरिएको छ । मानिसको प्राकृतिक स्वभावमा क्रियाशील हुने परिस्थितिको निर्माण गर्दै स्वतन्त्र र समतामूलक समाजको निर्माण गर्ने जबजको मूल लक्ष्य हो । मानिसको प्राकृतिक स्वभावलाई हिंसा वा जोरजबर्जस्तीको परिस्थितिबाट सिर्जनशील मानव समाज निर्माण गर्न सकिँदैन । मानवको सिर्जनशील स्वभावमा अवरोध हुने यावत् बाधा–व्यवधान क्रमशः हटाउँदै स्वतन्त्र र सिर्जनशील समाजको निर्माण नै जनताको बहुदलीय जनवादको मूलभूत लक्ष्य हो । मानिसको प्राकृतिक सिर्जनशील स्वभाव हिंसा वा बल प्रयोगबाट निर्माण गर्न सकिँदैन । आजको नेपाली समाज आधारभूत रूपमा सिर्जनशील स्वभावको छैन । सिर्जनात्मक गतिविधि हिंसा वा दबाबबाट निर्माण गर्न सकिन्छ भन्ने मान्यता जबजले पूरा नकार्दछ । नेपाली समाज समाजवादमा प्रवेश गर्न आतुर देखिन्छ । समाज विकासको डाइलेक्टिक्स नबुझी परम्परागत मूल्य र मान्यतामा आधारित नेपाली समाजलाई खुला र स्वतन्त्र वातावरणबिना जबर्जस्ती बल प्रयोगमार्फत समाजवादी समाजमा प्रवेश गराउन खोजियो भने फेरि अर्को दुर्घटना निम्तिने निश्चित छ ।