प्राविधिक कर्मचारीको सिडिओलाई ज्ञापनपत्र

धुन्चे, रसुवा जिल्लामा कार्यरत प्राविधिक कर्मचारीको समूहले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।

जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेको अगुवाइमा प्राविधिक कर्मचारीको टोलीले रसुवाका सिडिओ नवराज जैसीलाई ज्ञापनपत्र बुझाएका थिए । कात्तिक ४ गते सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहमाथि लाठीसहित कार्यालय परिसरमा नै गएर लुगा च्याती हातपात गरी दुव्र्यवहार गरेको घटनाको प्राविधिक कर्मचारीले धोर भत्र्सना गरेका छन् । रसुवामा पनि त्यस्तो आपराधिक घटना हुन सक्ने भएकाले सम्पूर्ण रसुवामा कार्यरत प्राविधिकको सुरक्षाका निमित्त आइतबार सिडिओसमक्ष ज्ञापनपत्र बुझाएको जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेले बताए । प्राविधिक कर्मचारीमाथि हुने यस्ता दुव्र्यवहारपूर्ण क्रियाकलापविरुद्ध सम्बन्धित निकायले समयमै आवश्यक कारबाही नगरे रसुवा जिल्लाका सम्पूर्ण प्राविधिक कर्मचारी थप कडा कदम चाल्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।