कोरोनाका सक्रिय सङ्क्रमित १२ पालिकामा शून्य

विदुर, नुवाकोट जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १२ वटा पालिकामा शून्य रहेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबार जिल्लाको १२ वटा पालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । पछिल्लो २४ घन्टामा जिल्लामा कोरोना सङ्क्रमित थपिएका छैनन् । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । जिल्लामा रहेका सक्रिय कोरोना सङ्क्रमितमध्ये १३ जना होम आइसोलेसनमा र तीनजना त्रिशूली अस्पतालमा उपचाररत रहेको कार्यालयका सूचना अधिकारी खनालले बताए । नुवाकोटमा कोरोना सङ्क्रमणबाट हालसम्म ५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्लामा हालसम्म २८ हजार पाँच सय दुईजनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा अहिलेसम्म आठ हजार तीन सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्रिशूली अस्पताल नुवाकोटमा रहेको पिसिआर प्रयोगशाला र एन्टिजेन परीक्षणमार्फत सङ्क्रमितको पहिचान हुँदै आएको छ ।