देवकोटा जयन्तीमा नवदीप र सुमित्रा सम्मानित

दुईपिपल, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती लक्ष्मीपूजाको दिन कात्तिक १७ गते नुवाकोटको बेलकोटगढी नगरपालिका- ५ झिल्टुङमा विविध कार्यक्रम गरियो ।

देवकोटाजयन्तीको अवसरमा भएको साहित्यिक कार्यक्रममा रूपायन साहित्यिक पत्रिकाका प्रकाशक सम्पादक नवदीप अजनवी र साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीलाई सम्मान गरिएको थियो । देवकोटाजयन्तीको अवसरमा विद्यालयस्तरीय कविता प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । कविता प्रतियोगितामा महादेव मावि रातमाटेकी बबिना लामिछाने प्रथम, कामरुदेवी माविकी प्रविना नेपाल द्वितीय, गौलीङश्वर माविकी प्रतिमा सुवेदीले तृतीय स्थान हासिल गरिएका थिए भने प्रतियोगिताकी सुस्मिता नेपालले सान्त्वना पुरस्कार पाएकी थिइन्