पदयात्रीको रोजाइमा लाङटाङ निकुञ्ज

  • सरस्वती न्यौपाने

धुन्चे, नेपालको तेस्रो पर्यटक गन्तव्य लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गर्न बाह्य पर्यटक नआए पनि दसैँपछि नेपाली पर्यटकको आगमनले पर्यटन क्षेत्रमा संलग्नलाई उत्साह थपेको छ । काठमाडौंबाट छोटो दूरीमा रहेको लाङटाङ निकुञ्ज कोरोनाको महामारीपछि नेपालीको रोजाइमा पर्ने गरेको छ । कोरोनाको महामारीले गर्दा हिँडडुल गर्न नपाएका नेपाली कोरोनाको विपत्ति कम हुँदै र खोप आएपछि भ्रमणमा निस्कन थालेका छन् । बाह्य पर्यटक नआए पनि नेपाली पर्यटक निकुञ्जभित्रको कुण्ड, हिमशृङ्खला, तामाङ पदयात्रा मार्ग, तातोपानीलगायत क्षेत्रको प्राकृतिक दृश्यावलोकन गरेर मनोरञ्जन लिइरहेका छन् ।

०३२ चैत ९ गते स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रफलका आधारमा नेपालको दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज हो । भौगोलिक विकटता, अवैधानिक रूपमा निर्माण भएका विकासका पूर्वाधार, वन पैदावरको अवैध सङ्कलन तथा ओसारपोसार, वन्यजन्तुको चोरी-सिकारी तथा तिनका अङ्गको अवैध ओसारपोसार, सुक्खा मौसममा आगलागी तथा स्थानीय जनता र वन्यजन्तुबीच समय-समयमा उत्पन्न हुने द्वन्द्व निकुञ्ज संरक्षणका लागि समस्याको रूपमा रहेको छ । निकुञ्ज भ्रमणमा आउनेहरू तामाङ सम्पदामार्गको समेत अध्ययन र अवलोकन गरी तामाङ कला, संस्कृतिलाई नजिकैबाट नियाल्ने मौका पाउँछन् । कोभिडको कारणले सुस्ताएको रसुवाको पर्यटन क्षेत्र बिस्तारै कोरोना नियन्त्रणसँगै जुर्मुराएको छ । विगतमा स्वदेशी तथा विदेशीको ओइरो नै लाग्ने यस क्षेत्रमा आजभोलि केही विदेशी पर्यटकसमेत देखिन थालेका छन् । नुवाकोट-रसुवा-सिन्धुपाल्चोकको दशवटा गाउँपालिकाभित्र निकुञ्ज फैलिएको छ । संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन १० वटै गाउँपालिका, स्थानीय आमा समूह, इको क्लब, हिउँचितुवा संरक्षणमा समिति, खर्क व्यवस्थापन समूह, गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजरहित युवा पर्यटन समाज नेपाललगायत स्थानीयस्तरमा रहेका विभिन्न सङ्घ-संस्थाले पनि लाङटाङ निकुञ्जको वातावरण संरक्षणमा सक्रियता देखाइरहेका छन् ।

देशको सङ्घीय राजधानीबाट नजिकको निकुञ्ज भएकाले नेपाल घुम्न आउने पर्यटकलाई लाङटाङ राष्ट्रिय निकुञ्ज एउटा राम्रो गन्तव्य हुन सक्छ । यस क्षेत्रमा रहेका दुर्लभ तथा महत्वपूर्ण वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्न हजारौँको सङ्ख्यामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि अर्थात् आकर्षणको केन्द्रलाई भरपूर उपयोग गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने प्रशस्तै सम्भावना बोकेको यस क्षेत्रका लागि जलीय पर्यटनसमेत ठूलो सम्भावना बोकेको क्षेत्र हो । यस निकुञ्जमा मुख्यतया दुईवटा सिर्जनामा पर्यटकको चाप बढने गर्दछ । असोज-कात्तिक र चैत-वैशाख भ्रमणमा आउने पर्यटकलाई नेपाली सार्क मुलुकका र अन्य विदेशी मुलुककका गरी तीन समूहमा वर्गीकरण गरी मूल्य अभिवृद्धि करसहित प्रतिव्यक्ति नेपालीलाई एक सय, सार्क मुलुकका नागरिकका लागि एक हजार पाँच सय र अन्य मुलुककालाई तीन हजार निकुञ्ज प्रवेश शुल्क लिने व्यवस्था रहेको छ । निकुञ्जभित्रको चोलाङपाटी तथा मगिन गोठ क्षेत्रमा हाबे्रको मुख्य वासस्थान रहेको छ । यो क्षेत्रलाई हाब्रेको वासस्थानको रूपमा निकुञ्जले छुट्याएको छ ।

एक हजार सात सय १० वर्ग किलोमिटरमा फैलिएर रसुवा (५७ प्रतिशत), नुवाकोट (७ प्रतिशत) र सिन्धुपाल्चोक (३६ प्रतिशत)को भू-भागलाई समेटेर ०५५ वैशाख १४ गते चार सय १८ दशमलव ३० वर्गकिलोमिटर निकुञ्जको मध्यवर्ती क्षेत्र उपभोक्ता समूह नुवाकोट रसुवा र सिन्धुपाल्चोक गरी तीन जिल्लाका १० वटा गाउँपालिकामा फैलिएको छ । निकुञ्जको सुरक्षार्थ ०४७ देखि हालसम्म नेपाली सेनाको ११ वटा गणले चोरी-सिकार नियन्त्रण तथा जैविक विविधता संरक्षणमा सहकार्य तथा समन्वय गर्दै आएको छ । नेपालकै दोस्रो निकुञ्ज सङ्घीय राजधानी काठमाडौंबाट एक सय १८ किलोमिटरको दूरीमा रहेको हिमाली राष्ट्रिय निकुञ्ज हो ।

समुद्री सतहको एक हजार मिटरदेखि ४५ सय मिटरसम्म फैलिएको निकुञ्जभित्र वन क्षेत्र पाँच सय ३९ दशमलव ९ (२९ दशमलव ८७) चरण क्षेत्र, ८९ दशमलव २८ (४ दशमलव ९४ प्रतिशत) झाडी चता बुट्यान क्षेत्र ५० (२ दशमलव ७६ प्रतिशत), खेतीयोग्य क्षेत्र ३० दशमलव ८२ (१ दशमलव ७), अन्य जमिन, ताल, कुण्ड, आदि क्षेत्र १०९८ (६० दशमलव ७३) रहेको छ । देशको सङ्घीय राजधानीबाट नजिकको निकुञ्ज भएकाले नेपाल घुम्न आउने पर्यटकलाई लाङटाङ राष्ट्रिय निकुञ्ज एउटा राम्रो गन्तव्य हुन सक्छ । यस क्षेत्रमा रहेका दुर्लभ तथा महत्वपूर्ण वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्न हजारौँको सङ्ख्यामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि अर्थात् आकर्षणको केन्द्रलाई भरपूर उपयोग गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने प्रशस्तै सम्भावना बोकेको यस क्षेत्रका लागि जलीय पर्यटनको समेत ठूलो सम्भावना बोकेको क्षेत्र भएको रसुवा-नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले बताए ।