त्रिशूली सहकारीका तेह्र सेयर सदस्य सम्मानित

त्रिशूलीबजार, नुवाकोट जिल्लाको सहकारी सङ्घसंस्थामध्ये अब्बल त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिको शनिबार २१औँ साधारणसभा सम्पन्न भएको छ । सहकारीले २१औँ वार्षिक साधारणसभामा सहकारीका १३ जना ज्येष्ठ सेयर सदस्यलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेको थियो ।

सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभा कनकविक्रमध्वज जोशी, मैया अमात्य, चक्रराज शाक्य, लक्ष्मी शाक्य, माधवप्रसाद लामिछाने, भवानीदेवी मानन्धर, बिहारीलाल श्रेष्ठ, मोहनबहनदुर श्रेष्ठ, लालगोविन्द श्रेष्ठ, करुणा प्रधान, पूर्वेलाल श्रेष्ठ, मंगलमान अमात्य, निर्मला श्रेष्ठ सम्मानित भएका थिए । उक्त अवसरमा ०७७ को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सेयर सदस्य वसन्त श्रेष्ठ र मिलन श्रेष्ठकी छोरी विभा श्रेष्ठलाई र सेयर सदस्य सञ्जय अमात्यकी छोरी सम्पदा अमात्यलाई नगद पाँच-पाँच हजार पुरस्कारसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको प्रबन्धक हरिचन्द्र अमात्यले जानकारी दिए । सहकारीले सो कार्यक्रममा त्रिभुवन त्रिशूली मावि र त्रिभुवन त्रिशूली बहुमुखी कलेजका विद्यार्थीलाई छात्रवृत्ति रकमसमेत प्रदान गरेको थियो ।

सहकारीले त्रिभुवन त्रिशूली माविका दुर्गा विक (विज्ञान सङ्काय) लाई १५ हजार नौ सय ८० रुपैयाँ, जयराम थापा (वाणिज्य सङ्काय)लाई ११ हजार चार सय ९६ रुपैयाँ, त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसका स्नातक तहमा अध्ययनरत उर्मिला मिजार (प्रथम शिक्षा) र जीवेश बानियाँ (चौथो वाणिज्य)लाई समान ११ हजार ६ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारालाई आत्मसात् गर्दै ०५६ साल पुसबाट सञ्चालनमा आएको सहकारीले तीन करोड ३ लाख ६६ हजार रुपैयाँ सेयरपुँजीसहित ३६ करोड रुपैयाँको हाराहारीमा कारोबार गर्न सफल भएको सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सहकारीले ऋण लगानी २३ करोड ७० लाख २९ हजार रुपैयाँ गरेको छ भने कोष जगेडामा एक करोड २७ लाख ५१ हजार रुपैयाँ रहेको छ । सहकारीको बचत रकम २७ करोड २८ लाख ४५ हजार रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सहकारीमा हाल १२ सय ८९ जना पुरुष र सात सय ११ महिला गरी दुई हजार २५ जना सेयर सदस्य रहेका छन् । सहकारीको कार्यक्षेत्र जिल्लाभर रहेकाले बेलकोटगढी नगरपालिका-७ रातमाटेमा शाखा कार्यालय सञ्चालनका लागि तयारी पूरा भइसकेको र अन्य स्थानीय तहसँग पनि शाखा तथा सम्पर्क कार्यालय सञ्चालन गर्ने गरी कारोबारलाई विस्तार गर्ने नीति लिएको सचिव राजेश श्रेष्ठले जानकारी दिए । साथै, कार्यक्षेत्र विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका-१६ बालाजुमा सम्बन्धित निकायबाट स्वीकृत लिनलाई पहल गरिनेसमेत सचिव राजेश श्रेष्ठले जानकारी दिए । वार्षिक साधारणसभामा लेखा तथा सुपरिवेक्षण संयोजक उपेन्द्र अमात्यले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष नाथलाल डङ्गोलले लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिक सदस्य कनकविक्रमध्वज जोशी, जिल्ला सहकारी सङ्घ नुवाकोटका लेखा संयोजक नारायण श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रदीप अर्याल, सुलक्षणा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोहनबहादुर श्रेष्ठ, दक्षिणकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नवीन्द्रमान प्रधान, त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसकी प्रमुख रिता पछाई, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतलगायतले सहकारीले समुदायमा पु¥याएको योगदानको विषयमा चर्चा गरेका थिए ।