राजकुलोको महत्व

  • रामहरि रिमाल ‘बाजे’

८६ वर्षे म रामहरि सानो छँदा भैरुमकोटको वनपाखामा गोठालो जाँदा थाहा पाएको साहुगाउँको पुच्छरमा भष्मे पहरोको फेदमा अँधेरी खोलामा खड्करे रह नाम गरेको गहिरो रह थियो ।

पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्ने क्रममा खिञ्चेत बगैँचा र खिञ्चेत फाँट बनाउने क्रममा सिँचाइ कुलो खन्दा त्यहीँ अँधेरी खोलाको खड्करे रहलाई मुहान बनाएर त्यही भष्मेको पहरो खोप्दै काट्दै अँधेरी टार, आँगुटार, लखनटार, जँुगेटार, रानाथोक, दशमुरे, लामटार, लखनटार, सेराफाँट, खिञ्चेत बगैँचासम्म आजको नाम कोलनी भनिन्छ । ऐतिहासिक ‘कोटेसन’को बहानामा खिञ्चेत फाँटमा कुलो खनेको थियो ।

काम राजकुलोको भए पनि त्यहाँ बसेरै नुवाकोट राज्यको निगरानी गर्थे रे । यसरी बनाएको विकासको नमुना राजकुलो कालान्तरमा बाढीपहिरोले बिगारेर बाँझिएको डोब मात्र मैले देखेको थिएँ । त्रिशूलीबजार आउँदा भट्टेटारीमा त्यो कुलोको अवशेष देखिन्थ्यो । आधुनिक नेपालमा पञ्चायती विकास हरेक गाविसमा विकास बजेट आउन थालेपछि गाउँले सक्रिय भएर त्यो राजकुलोलाई पुनः जीवन दिएर अँधेरी खोलाबाट त्रिशूली नदीमा खेर जाने पानीलाई लामाटारसम्मका खेतहरू आंशिक सिञ्चित हुन पाएका छन् । अर्को राजकुलो केउरेनी खोलामा थुम्काको पछाडि मुहान बनाएर पूर्व-पश्चिम राजमार्गको ऐतिहासिक नाम हो । पहरो खोपे सुरुङ वनदेवीको तल बगुवाबजारको पल्लो छेउमा विशाल चट्टान काटेर क्यौरेनीको पानीसमेत ल्याएर सिँचाइ गरेको थियो अरे । कुलोको निशान अलिअलि अझै छ । २०-२० वर्षअघि मोटरबाटो बनाउँदा त्यो कुलो छेडे भन्ने नाम बाटोले खायो ।

डा. इन्दु चौधरी बहुजन हिताय जागरण

डिजिटल युगले ढुङ्गा सिमेन्टको मन्दिरमा केमिकल अबिर केसरीको पूजामा रमाउने मूर्तिको सट्टामा अति आधुनिक कृषि उत्पादन गर्ने भिडिओ र उत्पादनमूलक विज्ञानको प्रस्ट बुझिने गरी सिकाएर आ-आफ्ना आवश्यक वस्तु आफैँले उत्पादन गर्न सकेन, शिक्षा दिएमा परमात्मा, ईश्वर भगवान्, परब्रह्मा सबैले ती शिक्षक र विद्यार्थीलाई आशीर्वाद वरदान दिनेछन् ।