एमालेको पुस ११ मा जिल्ला, माघ ८ मा प्रदेश सम्मेलन (वाग्मती प्रदेशको अध्यक्षमा पाण्डे, इञ्चार्जमा अधिकारी)

काठमाडौं, नेकपा एमालेले संगठन निर्माण र नेतृत्व हस्तान्तरण अभियान अन्तर्गत पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । एमाले केन्द्रिय कमिटीको शनिबार भक्तपुरमा बसेको बैठकले ७७ जिल्लाको पुस ११ र ७ प्रदेशको माघ ८ मा गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनवर्गिय संगठन, जिल्ला र प्रदेश कमिटीका सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएपछि बैठकले अधिवेशन मिति निर्धारण गरेको हो । सम्पन्न बैठकले वाग्मती प्रदेशको इञ्चार्जमा खगराज अधिकारी र अध्यक्षमा नुवाकोटका युवा नेता एवं वाग्मती प्रदेश सांसद केशवराज पाण्डेलाई जिम्मेवारी तोकेको छ ।

केन्द्रिय कमिटी बैठकले पदाधिकारीको वरीयताक्रम, कार्य विभाजन, स्थायी कमिटी तथा पोलिटब्युरो गठनलगायत निर्णय गर्दै आईतबार सम्पन्न भएको छ । सम्पन्न बैठकले ६ उपाध्यक्ष, ३ उप–महासचिव र ७ सचिवको वरीयताक्रम समेत निर्धारण गरेको छ । एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । असोजमा सम्पन्न विधान महाधिवेशनले निस्तेज पारेको पोलिटब्युरोलाई दशांै महाधिवेशनले ब्युँताएको हो । त्यसैगरी, बैठकले केन्द्रिय कमिटी बैठकले १० प्रतिशत केन्द्रीय सदस्य पनि मनोनयन गरेको छ । महाधिवेशनबाट निर्वाचित भएका नेताबाटै स्थायी कमिटी र पोलिटब्युरो गठन गरिएको हो । केन्द्रिय सदस्यले नै स्थायी कमिटीलाई पहिलो प्राथमिकतामा राखेका छन् । विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटीमा १९ पदाधिकारी स्वतः पर्नेछन् ।

भक्तपुरमा जारी केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले ८० जना पोलिटब्युरो सदस्य प्रस्ताव गरेका थिए । एमालेको विधानमा ९९ सदस्यीय पोलिटब्युरो रहने ब्यवस्था छ । अध्यक्ष ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्युरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन् । नेकपा एमालेको जारी केन्द्रिय कमिटी बैठकले १९ जना पदाधिकारीको मर्यादाक्रम तोकिएको छ । जसमा अध्यक्ष ओली पहिलो र सचिव पद्मा अर्याल १९औं नम्बरमा परेका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपछि ओलीले रामबहादुर थापालाई तेस्रो मर्यादाक्रममा राखेका छन् । त्यसपछि विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको मर्यादाक्रम तोकेका छन् । सचिवको माथिल्लो वरीयतामा टोपबहादुर रायमाझीलाई राखिएको छ । उनीपछि लेखराज भट्टको मर्यादाक्रम तोएिको छ । नवौं महाधिवेशनमा हारेका रघुविर महासेठलाई अघिल्ला सचिव गोकर्ण विष्ट र योगेश भट्टराई भन्दा अघि राखेका छन् । त्यस्तै छविलाल विश्वकर्मालाई पनि विष्ट र भट्टराई भन्दा अघिल्लो मर्यादाक्रम दिईएको छ । यो सँगै नेताको जिम्मेवारी पनि तोकिएको छ । अध्यक्ष ओलीले पार्टीको समग्र पक्ष हेर्ने गरी तोकिएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान, उपाध्यक्ष युवराज ज्ञवालीलाई स्थानीय तह, प्रदेश र संघ, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापालाई राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टी संगठन अनुगमन, सुवास नेम्वाङलाई संसदीय अनुगमन, सुरेन्द्र पाण्डेलाई राजकीय मामिलाको जिम्मेवारी, महासचिव शंकर पोखरेललाई समग्र पार्टी, प्रदिप ज्ञवालीलाई स्कुल विभाग, पृथ्वी सुब्बा गुरुङलाई प्रचार विभाग, विष्णु रिमाललाई आर्थिक लेखाको जिम्मेवारी दिईएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा योगेश भट्टराई र कार्यालय सचिवमा भीष्म अधिकारी र संगठन विभागमा खगराज अधिकारीलाई जिम्मेवारी दिईएको छ । सचिव रघुवीर महासेठलाई प्रदेश २ को इञ्चार्ज दिईएको छ । स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीलाई वाग्मती प्रदेशको इञ्चार्ज दिईएको छ । सचिव छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज दिईएको छ । स्थायी कमिटी सदस्य देवराज घिमिरे प्रदेश १ को इञ्चार्ज बनेका छन् । त्यस्तै यमलाल कँडेललाई कर्णाली प्रदेश, पोलिटब्युरो सदस्य महेश बस्नेतलाई युवा इञ्चार्ज बनाईएको छ । गण्डकी प्रदेशमा पद्मा अर्याललाई इञ्चार्ज बनाईएको छ । विधानअनुसार मनोनयन गरिनुपर्ने १० प्रतिशत केन्द्रिय सदस्यमा धेरै नेताहरू छुटेका छन् । चितवनका कृष्णभक्त पोखरेलदेखि शिव गुरुङ, सुरेन्द्र मानन्धर, दिपक भट्ट, सोभियत ढकाल, बुद्धिकुमार राजभण्डारी, नरेश खरेलसम्मका त्यागी नेता छुटाईएको छ । उनीहरूको स्थानमा दुर्गा प्रसाईं जस्ता आगन्तुकलाई केन्द्रिय सदस्य बनाईएको छ । पार्टी संगठन बनाउने नेतालाई केन्द्रिय सदस्य नबनाएका ओलीले आगन्तुकलाई केन्द्रिय सदस्य बनाएपछि एमालेको तल्लो तहमा निराशा छाएको छ । पार्टीको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो गठन तथा कार्यविभाजन र मनोनयनको विषयलाई लिएर पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले असहमति प्रकट गरेको भएपनि सुनुवाई भएन । त्यस्तै, योगेश भट्टराईले भीम रावललाई मनोनयन गरेर स्थायी कमिटीमा ल्याउनुपर्ने भनि राखेको प्रस्तावको पनि सुनुवाई भएन ।
पदाधिकारी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल उपमहासचिव प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल सचिव टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, स्थायी कमिटी घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, यमलाल कँडेल, राजन भट्टराई, सीता पौडेल, अग्नि खरेल, प्रभु साह, बिन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापामगर, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की रहेका छन् ।

पोलिटब्युरोमा गोकुल बाँस्कोटा, महेश बस्नेत, अरूण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल,आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, कमल चौलागाईं, बालकृष्ण ढुंगेल, ईश्वरी रिजाल, जितबहादुर गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्रसिंह रावल, नारदमुनि राना, लिलबहादुर थापामगर, सुजिता शाक्य,ज्वालाकुमार साह, मोहन बानियाँ, मञ्जु चौधरी, विशाल भट्टराई, गणेशसिंह ठगुन्ना, खिमलाल भट्टराई, दधिरामा न्यौपाने, ठाकुर गैरे,तिलकुमार म्याङ्ब्यो, गौरी ओली, निरु पाल, विमला घिमिरे, लिलाकुमारी भण्डारी,शान्ता चौधरी, सीता गिरी ओली, कृष्ण राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, सूर्य थापा, मनकुमारी केसी, सुशीला नेपाल, पार्वत गुरुङ रहेका छन् ।

मनोनित केन्द्रिय सदस्यमा दल फडेरा, मानविर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सुर्य पाठक, यज्ञबहादुर बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्रि न्यौपाने, रूपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, इन्दिरा गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोईराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, सविता यादव, तारादेवी गुरुङ, विषमलाल अधिकारी, रेशम लामा, दुर्गा प्रसाइँ, गोविन्द दुवाल, सहदेव बोटी, बालसिंह काउँछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा ।

त्यसैगरी, बैठकले प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टिका चेम्जोङ उपाध्यक्ष, चिन्तन पाठक सचिव र दुई उप–सचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन् । प्रदेश २ मा रामअवतार यादव अध्यक्ष, रेवती पन्त उपाध्यक्ष, डा.कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव भएका छन् । बागमती प्रदेश अध्यक्षमा नुवाकोटका युवा नेता केशवराज पाण्डे, उपाध्यक्षमा रामहरी सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा रत्ना गुरुङ र महेश बर्ताैला चयन भएका छन् । गण्डकी प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवमा क्रमशः नवराज शर्मा, मोहन रेग्मी, धनञ्जय दवाडी,मञ्जु अधिकारी र रश्मी आचार्य चयन भए। लुम्बिनी प्रदेशमा राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गा थारु चयन भएका छन् । कर्णाली प्रदेश अध्यक्षमा विनोदकुमार शाह चयन हुँदा उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा लालबहादुर महतरा, कमल शाही, रूपा शाही र टेकराज पछाई चयन भएका छन् । सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्ष कमल तिमिल्सिना, सचिव धर्मराज पाठक, सहसचिव बलदेव रेग्मी र भगिरथी योगी चयन भएका छन् । यस्तै, उपत्यका विशेष अध्यक्षमा प्रेमप्रसाद पराजुली चयन भएका छन् । उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, सहसचिवमा उर्मिला सुनुवार र चन्द्र रिजाल चयन भएका छन् ।