तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७८, शुक्रबार ०७:२२
Buddha Eyes

नेपाली काङ्ग्रेसको वडा तहदेखि केन्द्रसम्म युवा नेतृत्व, पुस्तान्तरण र हस्तान्तरणले चर्चा आइरहँदा नुवाकोटमा निर्वाचित जिल्ला नेतृत्वलाई पदबहाली गर्न सकस ! निर्वाचित भएको आधा महिनासम्म साइत नजुर्नु कस्तो दुर्भाग्य ! नारा र व्यवहार फरक हुने हुदा सभापतिमा निर्वाचित महतले वैधानिक हुने दिन अझै आएन ! कुर्सी हस्तान्तरण हिजोको बहालवाला अहिलेको निवर्तमान सभापति केसीले गर्नुपर्ने, तर बागमती प्रदेशको निर्वाचनमा भोटचाहिँ हिसाब गरी–गरी नदिनेलाई ठीक नपारेर के गरुन् त ? केदारदाइ र आफूलाई हराइहाले ठुल्दाइलाई केन्द्रयि सदस्य जिताउन व्यस्त भएको कार्जेकर्ताले सुइँको नपाउँदा अलमलको अवस्था ! काङ्ग्रेस एक ढिक्का बनाउँदा जिल्लामा महत दाजुभाइ र बहादुरका लागि सहज हुने भएपछि आलटाल नगरेर के गरुन् त बिचरा केसीले ! निर्वाचित सभापति महतलाई पार्टी प्रवेश गर्न मनी, मसल र प्रहरीकै सहारा लिनुपर्ने हो कि ?