तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:४४
Buddha Eyes


‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानलाई चरितार्थ गर्न नुवाकोट कर्मचारी व्यस्त हुँदा सेवाग्राही ट्वाँ ! व्यवस्था फेरिए, तर कर्मचारीको प्रवृत्ति नफेरिँदा शुक्रबार र आइतबार सेवाग्राहीले सम्बन्धित शाखामा जिम्मेवार व्यक्ति नभेटिनु जिल्लाका लागि नौलो होइन । शुक्रबार २ र आइतबार १२ नबज्दै काठमाडौंमा नुवाकोटमा कार्यरत कर्मचारी देखिनु पुरुषार्थ नै हो । कार्जेलय प्रमुख शुक्रबार १० बजे नै हाजिर गरेर टाप ठोक्ने ! अन्य तल्ला दर्जाकाले पनि हाटासँगै सेवालाई टाटा गर्दा सार्वजनिक निकाय बेकम्मा बनिरहँदा प्रजिअ दुलाल सर बेखबर ! राजनीति क्षेत्रको अराजकता त नियन्त्रण गर्न सकिएन, एकिएन सरकारी तथा सार्वजनिक निकायको छड्के अनुगमन गरेर कर्मचारीले समय पालना गरे–नगरेको र पोसाकभत्ता बुझ्ने पोसाक नलगाउने तथा कार्जेलय प्रमुखले गाडी र अन्य सरकारी स्रोत, साधन दुरुपयोग भइरहेको टुलुटुलु हेर्न मिल्ला र सिडिओ सा’प !