गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको प्रमुखमा शाक्य

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:५४

विदुर: धादिङ–नुवाकोट–रसुवा जिल्ला जोड्ने राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको प्रमुखको जिम्मेवारी निरज शाक्यले पाएका छन् ।

सडक योजनाको काम सुचारु गराउन नसकेपछि योजना प्रमुख मुकुन्दराज अधिकारीको तीन महिनामै सरुवा भएको छ । अधिकारीले योजनाको कार्यक्षेत्रमा ठेकेदारलाई काम गर्ने साइड क्लियर गर्न नसकेपछि अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरुवा गरिएको हो । दुई वर्ष सडक कार्यालय नुवाकोटमा प्रमुख भएर काम गरेका शाक्यले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी योजनाको निर्माण कार्यलाई दु्रत गतिमा अगाडि बढाउने अपेक्षा स्थानीय उपभोक्ताले गरेका छन् । कोरोना महामारी र बर्खामा समेत आयोजनाको निर्माणकार्यलाई तीव्र गतिमा अगाडि बढाएका नारायणदत्त भण्डारी सरुवा भएपछि आएका मुकुन्दराज अधिकारीले निर्माणकार्यलाई अगाडि बढाउन नसकेपछि शाक्यको सरुवा भएको हो ।