गोसाइँकुण्डको अध्यक्षमा निर्विरोध दीपु

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार १६:११

बेत्रावती: नुवाकोट जिल्लाको विदुर नगरपालिका– १० बेत्रावती बजारमा ०५३ सालमा स्थापना भएको गोसाइँकुण्ड युवा क्लबको नयाँ नेतृत्व चयन भएको छ ।

क्लबको पुरानो भवनमा सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनको कार्यक्रममा सुवास डङ्गोल ‘दीपु’ अध्यक्ष रहने गरी ११ सदस्यीय कार्यसमिति बनाएको छ । उपाध्यक्षमा रोजिना डङ्गोल, कोषाध्यक्षमा विवश डङ्गोल, सचिव ईश्वर थापा आइटम, सहसचिवमा सुजन लवट, सदस्यमा पूर्णलाल डङ्गोल, सुरेशबाबु डङ्गोल, सस्मिता तामाङ, पूर्णबहादुर डङ्गोल, ज्ञानबहादुर डङ्गोल, रजनी डङ्गोल रहेका छन् । विनपा– १० का अध्यक्ष गणेश नेपालले उद्घाटन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष अष्टमान डङ्गोल, पूर्वअध्यक्ष सुरज लवट तथा पूर्णबहादुर डङ्गोल, समाजसेवी मंगलदास लवट, ईश्वरलाल श्रेष्ठ, सोमलाल लवटले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा कोषाध्यक्ष विवश डङ्गोलले आ.व. ०७७÷७८ मा भएको आर्थिक कारोबारअनुसारको १७ लाख १३ हजार ६ सय आठ रुपैयाँको वार्षिक लेखापरीक्षण विवरण र अध्यक्ष ज्ञानकुमार डङ्गोलले वार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । २४औँ वर्ष पूरा भएको क्लबको अष्टमान डङ्गोल, योगेश डङ्गोल, पूर्णबहादुर डङ्गोल, सुरज लवट, ज्ञानकुमार डङ्गोलले नेतृत्व गरिसकेका छन् ।