साँघु सहकारीको अध्यक्षमा पुनः कुमारमान

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:०४

त्रिशूलीबजार: विदुर नगरपालिका– १ त्रिशूलीबजारमा कार्यालय रहेको साँघु बहुउद्देश्यीय सहकारी संस्था लि. को १२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सहकारीले आ.व. ०७७/७८ मा एक लाख ४३ हजार नौ सय ८५ रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी साधारणसभामा गराइएको थियो । साधारणसभाको उद्घाटन विदुर नगरपालिका– १ का अध्यक्ष लेनिन रञ्जितले गरेका थिए । साधारणसभाले पुनः कुमारमान मलेकु श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । साधारणसभाले उपाध्यक्षमा अजर अमात्य, सचिवमा नरेश जोशी र कोषाध्यक्षमा रवीन्द्रमान श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी, सदस्यमा विजय श्रेष्ठ, लालवीर तामाङ, प्रितमराज शाक्य, रमिता बज्राचार्य, सरिता जोशी, सीता तामाङ र सुजन बज्राचार्य चयन भएका छन् । १२औँ साधारणसभाले दिलीप शाक्यको संयोजकत्वमा तीन सदस्यीय लेखासमिति चयन गरेको छ । समितिको सदस्यमा बिना श्रेष्ठ र प्रकाश बोगटी रहेका छन् । सञ्चालक समितिको ऋण उपसमिति हरिचन्द्र अमात्यको संयोजकत्वमा दुई सदस्यीय उपसमिति चयन गरेको छ । उक्त उपसमितिको सदस्यमा सुनील बज्राचार्य र राजेशमान श्रेष्ठ सदस्य रहेका छन् । त्यसैगरी, सरला प्रधानको संयोजकत्वमा तीन सदस्यीय शिक्षा उपसमिति चयन गरेको छ । उक्त उपसमितिको सदस्यमा अञ्जली राजभण्डारी र मेनका श्रेष्ठ रहेका छन् । सहकारीले आ.व. ०७७/७८ मा तीन करोड ३६ लाख ७९ हजार आठ सय आठ निक्षेप सङ्कलन गरेर विभिन्न क्षेत्रमा तीन करोड ६७ लाख ६ हजार तीन सय ६५ लगानी गरेर एक लाख ४३ हजार नौ सय ८५ रुपैयाँ नाफा कमाउन सफल भएको अध्यक्ष कुमारमान मलेकुले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।