कुलभक्तेश्वर सहकारीको नाफा पचास हजार

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:०६

त्रिशूलीबजार: नुवाकोट जिल्लाको विदुर नगरपालिकाभरि कार्यक्षेत्र भई विदुर नगरपालिका– १ त्रिशूलीबजारमा आफ्नै भवनमा कार्यालय सञ्चालन गरिरहेको कुलभक्तेश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. ०७७/७८ मा कारोबार सञ्चालनबाट खुदनाफा ५० हजार कमाउन सफल भएको छ ।

कोरोना महामारीको समय र कार्यालय पूर्ण रूप खुल्न नपाएको अवस्थामा समेत सहकारीले खुदनाफा ५० हजार आम्दानी गरेको व्यवस्थापक माधवजंग पाण्डेले जानकारी दिए । सहकारीको आफ्नै भवन त्रिशूलीबजारमा शनिबार सम्पन्न साधारणसभामा अध्यक्ष शिवराम खड्काले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र भावी नीति तथा कार्यक्रम पारित भएको छ । दुई सय ५२ जना सेयर सदस्य रहेको सहकारीको सेयरपुँजी ६३ लाख २५ हजार रुपैयाँ रहेको छ । सहकारीले आ.व. ०७७/७८ मा तीन करोड ५६ लाख २८ हजार ४० रुपैयाँ बचत सङ्कलन गरी एक करोड ७८ लाख ८९ हजार नौ सय ७५ ऋण लगानी गरेको व्यवस्थापक माधवजंग पाण्डेले जानकारी दिए । सहकारीले व्यावसायिक, व्यापारिक धितो, कृषि र हायरपर्चेज शीर्षकमा कर्जा लगानी गरिरहेको छ ।