मलेखुमा सानिमा बैंकको शाखा स्थापना

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:४०


धादिङ: सानिमा बैंक लिमिटेडले मंगलबार धादिङको मलेखु बजारमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरेका थिए । उद्घाटन समारोहमा मह जोडीले धादिङको मलेखुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा सानिमा बैंकका सञ्चालक पराजुलीद्वारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए । सानिमा बैंकका देशको सातवटै प्रदेशमा एक सय १९ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा रहेका छन् । नुवाकोटको विदुरमा, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकामा शाखा रहेको छ ।