सेनाको एकीकरण पदयात्रा तेस्रो वर्षमा


विदुर: नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रा तेस्रो वर्षमा प्रवेश गरेको छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म उक्त पदमार्गको दूरी २६ कोस रहेको छ ।

शुक्रबार पदयात्रा टोली सामरी, देउडी, खिन्चेत हुँदै विदुर नगरपालिका– १० शुभघाटमा आइपुगेको थियो । टोली शुक्रबार साँझ शुभघाटमा नै वास बसेको थियो । पृथ्वीनारायण शाह र गोर्खाली फौजले प्रयोग गर्ने मूलबाटोलाई नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’मार्फत पदमार्गको रूपमा विकास गर्ने थालनी भएको छ ।

दुई वर्षअघि थालनी भएको गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्म नेपाली सेनाले एकीकरण पदमार्गको रूपमा यसपटक पनि पदयात्रा गरेको हो । यो तेस्रो पदयात्रा हो । पुस २७ गते पृथ्वीजयन्तीको अवसर पारेर दुई वर्षअघिदेखि थालनी भएको पदयात्रा यस वर्ष पनि गत शुक्रबार गोरखा दरबारबाट सुरु भएको थियो । गोरखादेखि काठमाडौंसम्म करिब एक सय १२ किलोमिटर बाटोलाई ऐतिहासिक पदयात्राको रूपमा विकास गर्न लागिएको छ । पदमार्ग निर्माणका लागि सेनाले अध्ययन पनि थालिसकेको छ । गोरखातर्फ भने रणसिंह दल गणले नै अध्ययन सुरु गरेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानको सम्मानस्वरूप ‘एकीकरण टर्च’ र्रयालिको आयोजना हुँदै आएको छ ।

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोर्खाली फौज हिँडेको बाटो हुँदै थालेको यात्रामा गोरखाको बोर्लाङबाट हिँडेको सेनाको टोली बुंकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोसढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको थियो । पदयात्राका धादिङस्थित देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए । पदयात्राको टोलीले गत बिहीबार कटुञ्जे, पन्ध्रकोसे, थर्पु हुँदै भ¥याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजंग गणलाई एकीकरण दीप हस्तान्तरण गरेको थियो । नुवाकोटको जबरजंग गणका सेनानी सरोज खड्काको नेतृत्वमा सामरी भञ्ज्याङ, कल्याणपुर, त्रिशूली हुँदै शुभघाटमा सेनाको पदयात्रा टोली आइपुगेको थियो । उक्त टोलीलाई शनिबार नुवाकोट दरबार परिसरमा स्वागत गरी बिदाइ गरिएको थियो ।

पदमार्ग, कोट, गण र किल्ला सम्बद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ । बाजागाजासहित टर्च, राष्ट्रिय झन्डा र नेपाली सेनाका पाँच कम्पनीका झण्डा लिएर पदयात्रा टोली गोरखाबाट निस्किएको हो । गोरखाको सेनाले धादिङ र नुवाकोटले काठमाडौंका सेनालाई सीमाबाट पदयात्रा गर्ने कार्यक्रम हस्तान्तरण गरेका थिए । शनिबार बिहान पदयात्राको टोली शुभघाटबाट नुवाकोट दरबार परिसरमा पुगेको थियो । नुवाकोटबाट हिँडेको पदयात्राको टोलीलाई चतुराले बरबन्दीमा पुगेर वास बसेको छ । चुतुराले–ककनी हुँदै पदयात्राको टोली चन्द्रगिरि पुगेर काठमाडौंको टोलीलाई एकीकरण टर्च र झण्डा हस्तान्तरण गरेको थियो ।
गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहका फौज हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा तय गरेको हो । पृथ्वीनारायण शाहकालीन सेनाका पोसाकमा नेपाली सेनाले पदयात्रा गरिरहेको छ । विगत तीन वर्षदेखि तत्कालीन अवस्थाको सेनाको पोसाकमा नेपाली सेना सजिँदै पदयात्रा गर्दै आएको हो । गोर्खाली फौजले वि.सं. १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत प्रचार गरिएको छ । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट र वि.सं. १८२५ मा काठमाडौं राज्य जितेका थिए । त्यसक्रममा उनी दर्जनौँपटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौंसम्म ओहोर–दोहोर गरेका इतिहास छ ।