तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २९ पुष २०७८, बिहीबार ०९:०९
Buddha Eyes


एमाले नुवाकोटले यो हप्ता बडो सकसपूर्ण पाराले जिल्ला अधिवेशन सक्यो । मतदाता, शुभेच्छुक र पार्टी फुटाउने तरङ्गित बने । विधि, पद्धति, नीति, अनुशासन, निर्देशन एमालेबाट सिक्नुपर्छ भन्ने विपक्षी दललाई यसपटक कमरेडले आफू नाङ्गो भएर लोप्पा खुवाए । जसको लठ्ठी……. भैंसी, धनले जन बटुल्ने थिति कमरेडले बसाएकोमा लालसलाम ! जिल्ला अधिवेशन सम्पन्न गर्दा सय भन्थे, शपथग्रहणमा वडा नै खाली हुने गरी अढाई सय पु¥याएपछि पत्रकारको अघिल्लो दिनको समाचार नै झुट ! १० बुँदे पक्षधरका नेता जिब्रो काढ्दै भन्दै थे– कमरेडको चातुर्थताको प्रशंसा गर्दै आफू पदमा हुँदा नातागोतादेखि सुख, दुःखमा साथ दिनेलाई जिल्ला नेता नबनाएर कसलाई बनाउने त ? दशबुँदे पक्षधर पेलिने र पेलानमा पर्ने खतराको स्थितिले भने कमरेडहरू त्राहीमाम–त्राहीमाम ! एमाले फुटाएर ठूलो भाग खान समाजवादी बनेकालाई ठेगान लगाउन र देखाउनकै लागि भए पनि कमरेडको माओवादी पाराको सुझबुझ अरूको लागि पनि शिक्षा हुने तेस्रो आँखाको ठहर छ ।