सुख दुःख सहकारीको अध्यक्षमा पुडासैनी

बट्टार: स्थापना भएको ६ महिनापछि सुखदुःख बहुउद्देश्यीय सहकारी संस्था लि. बट्टारले प्रारम्भिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।

०७८ साउनमा दर्ता भएको सुखदुःख सहकारीले प्रारम्भिक साधारणसभा शनिबार गरेर सञ्चालक समितिको समेत चयन गरेको छ । साधारणसभाले ठाकुर पुडासैनीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा नारायणबहादुर खनाल, सचिवमा नवराज अधिकारी, कोषाध्यक्षमा विष्णुप्रसाद भट्ट र सदस्यमा डिलकुमारी रिमाल, केदारबहादुर थापा, प्रेममान श्रेष्ठ, वासुदेव गजुरेल, रामप्रसाद चालिसे, उमेश धिताल र भवनाथ पौडेल रहेका छन् । साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजक शिवराम प्याकुरेल र सदस्यमा दीपक भुजेल, चन्द्र तामाङ रहेका छन् । सहकारीको सेयर सदस्य ७१ जना र सेयरपुँजी एक करोड ४२ लाख र एक करोड १० लाख कर्जा लगानी गर्न स्थापना भएको ६ महिनामा सफल भएको कोषाध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।