शुलक्षणा सहकारीको नाफा ८३ लाख


कोलनी: शुलक्षणा बहुउद्देश्यीय सहकारी संस्था लि. विनपा– ९ बाघबगैँचाले आ.व. ०७७/७८ मा ८३ लाख २० हजार तीन सय २० रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

सहकारीले शनिबार १९औँ वार्षिक साधारणसभा गरेर गत आ.व.मा भएको कारोबारलाई वैधानिकता दिएको छ । सहकारीले गत आ.व.मा ११ करोड ६७ लाख ८५ हजार पाँच सय आठ रुपैयाँ निक्षेप सङ्कलन गरी ५९ लाख ७९ हजार दुई सय १४ असुली रकमसहित चार करोड २८ लाख १९ हजार आठ सय ३१ रुपैयाँ कर्जा लगानी गरेको थियो । सहकारीले गत आ.व.मा ८० लाख चार हजार चार सय ३३ रुपैयाँ खर्च गरेको व्यवस्थापक सुनील बज्राचार्यले जानकारी दिए । सहकारीले खुदनाफा खर्च कटाएर गत आ.व.मा तीन लाख १५ हजार आठ सय ८७ रुपैयाँ गरेको छ । सहकारीका अध्यक्ष मोहनबहादुर श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक केशव श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन छलफल गरी साधारणसभाले पारित गरेको छ । ०५८ मा स्थापना भएको शुलक्षणा सहकारीको सेयरपुँजी आ.व. ०७७/७८ को असार मसान्तसम्म ५१ लाख ४० हजार आठ सय रहेको सचिव पूर्णलाल श्रेष्ठले जानकारी दिए ।