शैक्षिक बचत सहकारीको साधारणसभा सम्पन्न

बट्टार: नेपाली काङ्ग्रेसनिकट शिक्षकहरूको सहकारी नुवाकोट शैक्षिक बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभा गत हप्ता सम्पन्न भएको छ ।

उक्त साधारणसभाको नेपाल शिक्षक सङ्घका बागमती प्रदेश अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए । संस्थाले गत आ.व. को अन्त्यसम्ममा एक करोड २० लाख ७० हजार रुपैयाँ सेयरपुँजी, ७५ लाख ४७ हजार निक्षेप सङ्कलन गरी एक करोड ५२ लाख २५ हजार कर्जा लगानी गरेको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । संस्थाका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा एक करोड ५० लाख सेयरपुँजी सङ्कलन गरी २५ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गर्ने अनुमान सहकारीले गरेको छ । सहकारीले जिल्लाभर रहेका शिक्षक सङ्घसँग आबद्ध शिक्षकलाई सेयर लिन आग्रह गरेको छ ।