कालिकामा समाजवादीको अधिवेशन

धुन्चे: नेकपा एकीकृत समाजवादी पार्टीले रसुवाको पाँचवटै पालिकामा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिइरहेको छ ।

समाजवादीले कालिका गाउँपालिकाको पहिलो पालिका अधिवेशन गत हप्ता सम्पन्न गरेको छ । अधिवेशनले रामप्रसाद न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय पालिका कमिटी गठन गरेको छ । कमिटीको सचिवमा अम्बिका अधिकारी, उपसचिवमा यशोदा नेपाली चयन भएका छन् । उपाध्यक्ष पछि टुङ्ग्याइने एकीकृत समाजवादी रसुवाले जानकारी दिएको छ । गंगा विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नेपाल दलित मुक्ति सङ्गठन, रसुवासमेत गठन भएको प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय सचिव तथा जिल्ला कमिटी सदस्य जनक देवकोटाले जानकारी दिए । कार्यक्रममा ज्येष्ठ कम्युनिस्टलाई सम्मानसमेत गरिएको थियो ।