शिक्षिका खतिवडा र तामाङको बिदाइ

हात्तीगौँडा: विदुर नगरपालिका– ८ हात्तीगौँडामा रहेको भैरुम माविले गत बिहीबार दुईजना शिक्षिकाको बिदाइ गरेको छ ।


विद्यालयमा ४२ वर्षदेखि प्रा.शि. शिक्षकको रूपमा कार्यरत शिक्षिका रेनुकादेवी खतिवडा र प्रा.शि. शिक्षकको रूपमा नियुक्त शिक्षक सीता तामाङको बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विदुर नगरपालिका– ८ का वडाध्यक्ष फैसिङ तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डित, प्रधानाध्यापक शिवराम श्रेष्ठ, नेपाली काङ्ग्रेस नुवाकोटकी महिला नेतृ एवम् स्थानीय सामजसेवी बिन्दा अर्यालले शिक्षिकाद्वयलाई फूलमाला, अबिर लगाई बिदा गरिएको थियो । शिक्षिकाद्वयलाई विद्यार्थी, अभिभावक, शिक्षकबाट सम्मानका साथै विद्यालयले दोसल्ला ओढाई कदरपत्रले सम्मान गरिएको थियो । शिक्षिका रेनुकादेवी ६० वर्षे उमेर हदका कारण अवकाश भएकी र शिक्षिका सीता तामाङले पदबाट राजीनामा गरी स्वेच्छिक अवकाश लिएकी हुन् ।