प्रेस चौतारी रसुवाको अध्यक्षमा बलराम

धुन्चे: ‘समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने नारासहित प्रेस चौतारी नेपालको तेस्रो जिल्ला अधिवेशन गत बिहीबार धुन्चेमा सम्पन्न भएको छ ।

अधिवेशनबाट पुनः बलराम घिमिरे निर्विरोध अध्यक्षमा चयन भएका छन् । अधिवेशनबाट ११ सदस्यीय जिल्ला समिति चयन भएको छ । उक्त समितिको उपाध्यक्षमा महेश्वर गजुरेल, सचिवमा विजया तिवारी, सहसचिवमा सरस्वती ढकाल, कोषाध्यक्षमा सरस्वती न्यौपाने, सदस्यमा शोभा तामाङ, बिन्दुकुमारी तितुङ, दावाकर्माे लोप्चन, मञ्जु तामाङ, अशोककुमार तामाङ, सोममाया थिङ तामाङ रहेका छन् । निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यले निष्पक्ष र निडर भएर कलम चलाउने प्रतिबद्धता जनाएका छन् ।