तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:०७
Buddha Eyes


पदमा पुगेपछि स्रोत परिचालन र बाँडफाँडमा मनोमानी गर्नेहरूको वर्णन गरेर हाम्रो नेपालमा साध्य नै छैन । एमसिसी परियोजनाले देश गर्माएको र स्थानीय तह निर्वाचनले दलहरू अल्मलिरहेको यो अवस्थामा नुवाकोटबाट बागमती प्रदेश सभामा निर्वाचित एक माननीयज्यूले अर्को प्रदेशको कार्यक्षेत्रमा रकम बाँड्दा हल्ली–चल्ली ! निर्वाचित सांसदलाई प्रदेश सभा क्षेत्रभित्र खर्च गर्ने दिएको बजेट अर्काको क्षेत्रमा खर्च गरेमा पत्रकारको सोधी–खोजी अचकाली ! निर्वाचनको बेला आफ्ना क्षेत्रकाले भन्दा अन्य क्षेत्रकाले सहयोग गरेपछि गुन तिर्दा केहीलाई निद्रा नलागेकोमा मैनाली कमरेडलाई चिन्ता ! आखिर खर्च बागमती प्रदेशभित्रै गरेको हो क्यारे ! आफ्नो क्षेत्रमा खर्च गर्ने र माग गर्ने नभएपछि माननीयज्यूले पाण्डे सरको क्षेत्रमा खर्च गर्न नपाउने भनेर कहाँ लेखेको छ र ? यो घटनाले पाण्डे सरलाई आगामी निर्वाचनमा टिकट नपाउने हो कि भन्ने चिन्ताले गाँसवास अमिलो भइरहेको छ ।