बजार अनुगमन

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:२५

फिकुरी: जिल्ला अनुगमन समितिले नुवाकोटको किस्पाङ गाउँपालिकाको विभिन्न पसल तथा खाद्य स्टोरमा अनुगमन गरेको छ ।


गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा रहेका विभिन्न पसलमा अनुगमन गर्दै म्याद गुज्रिएका खाध्य सामग्री सङ्कलन गरी नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नेतृत्वमा रहेको अनुगमन टोलीले किस्पाङ गाउँपालिकाको विभिन्न वडामा रहेका खाद्यान्न तथा किराना स्टोर १५, स्टेसनरी दुई, हार्डवेयर दुई, कपडा तथा फेन्सी पसल ६, सप्लायर्स पाँच, मोबाइल तथा इलेक्ट्रेनिक एक, होटेल तथा रेस्टुरेन्ट एक, फलफूल तथा तरकारी पसल एक र मासु पसलमा अनुगमन गरेको थियो ।


सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको संयोजकत्वमा रहेको समितिले पछिल्लोपटक अनुगमनको कार्यत्रलाई तीव्रता दिँदै आएको छ । बजारमा हुने कालोबजारी, अखाद्य वस्तुको बिक्री–वितरण रोकथाम तथा नियन्त्रणका लागि अनुगमन समितिले प्रभावकारी रूपमा काम गर्दै आएको छ । किस्पाङ गाउँपालिकामा भएको अनुगमनबाट सङ्कलन भएको अवैध सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । पहिलोपटक पसल सञ्चालकलाई सचेत गराएर छाडेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।