समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा गजुरेल

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:४३

विदुर: नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकार सङ्गठन समाजवादी प्रेस सङ्गठन नुवाकोटको गत बिहीबार सम्पन्न अधिवेशनले जमुना गजुरेललाई अध्यक्षमा चयन गरेको छ ।


पार्टी कार्यालय विदुरमा आयोजित प्रथम जिल्ला भेलाले गजुरेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा राममणि अधिकारी र कोषाध्यक्षमा दीपक थापा चयन भएका छन् । कमिटीको सदस्यमा विपस्ना बस्नेत, हरिजंग पाण्डे, सिर्जन पौडेल, मनोज न्यौपाने, सुवास भट्ट रहेका छन् । भेलाले समाजवादी प्रेस सङ्गठन बागमती प्रदेश कमिटी सचिवको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । जसमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ रहेका छन् ।