फार्मर्स भेट फार्मेसी खुल्यो

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार १२:५४


बट्टार: नुवाकोटको बट्टारमा बुधबार गुणस्तरीय भेटेरेनरी औषधि तथा पशुपक्षीका भ्याक्सिन तथा दक्ष पशु चिकित्सकद्वारा सम्पूर्ण उपचारसहितको गुणस्तरीय दाना, चल्ला एवम् अन्य उपकरण सहज र सुलभ मूल्यमा उपलब्ध गराउन फार्मर्स भेट फार्मेसी सञ्चालनमा आएको छ ।


बट्टारको होन्डा शोरुमसँगै सञ्चालनमा आएको उक्त फार्मेसी नमप्रसाद पुडासैनी र केशवराज थापाले सञ्चालनमा ल्याएका हुन् । उक्त फार्मेसीमा बट्टारका पशुचिकित्सक डा. उज्ज्वलमान श्रेष्ठसमेत संलग्न छन् । फार्मेसीको शुभारम्भको अवसरमा नुवाकोटका अधिकांश पोल्ट्री तथा पशु व्यवसायीको उपस्थिति रहेको थियो । फार्मेसी सञ्चालनले काठमाडौंको सेवासुविधा जिल्लामै उपलब्ध हुने भएकाले पोल्ट्री व्यवसायमा संलग्न व्यवसायीलाई सहज भएको नुवाकोट पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष विष्णुप्रसाद रिमालले बताए । प्रयोगशाला, जाँच र नियमित दक्ष पशु चिकित्सक फार्मेसीमा उपलब्ध हुने भएपछि पोल्ट्री व्यवसायीलाई कुखुराको रोग पत्ता लगाउन र औषधि खुवाउन सहज भएकाले व्यवसायीलाई जोखिम बहन गर्न नपर्ने भएकाले व्यवसाय थप विस्तार हुने नेपाल अन्डा उत्पादक सङ्घ नुवाकोटका अध्यक्ष रमेश चित्रकारले बताए । फार्मेसीले दाना, चल्ला, औषधि र चिकित्सकको सेवा जिल्लामा उपलब्ध गराएपछि पोल्ट्री व्यवसायबाट थप फाइदा लिन सक्नेसमेत उनीहरूले बताएका छन् ।


फार्मेसीका सञ्चालकले विगत १० वर्षदेखि पीपलटारमा नेपाल प्लेट फिड इन्डस्ट्रिज प्रा.लि.समेत सञ्चालन गरेर पशुपक्षीको गुणस्तरीय दाना उपलब्ध गराउँदै आएको छ । फार्मेसीबाट व्यवसायीलाई प्रयोगशाला जाँच, रोग पहिचान तथा औषधोपचार सेवा, ह्याचरी तथा फार्म निरीक्षण सेवा, नयाँ फार्म योजनाका लागि आर्थिक मूल्याङ्कन तथा परियोजना प्रस्तावका लागि सहयोग गर्ने, गुणस्तरीय भेटेरेनरी औषधि तथा पशुपक्षीको भ्याक्सिन थोक तथा खुद्रा मूल्यमा बिक्री गर्ने एवम् दक्ष पशु चिकित्सकद्वारा सम्पूर्ण उपचार सेवाको साथै चल्ला, दाना र अन्य सामग्री ग्यारेन्टीका साथ उपलब्ध गराउने सञ्चालक केशवराज थापाले बताए ।