बुद्धिजीवी परिषद्को जिम्मा रिमाललाई

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १२:१६

विदुर, नेकपा एमालेको निकट रहेको नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति नुवाकोटको सातौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले रामहरि रिमालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, सचिवमा भेषराज रिमाल, कोषाध्यक्षमा राजेन्द्र दवाडी, सहसचिवमा राजनप्रसाद प्याकुरेल र सदस्यमा बुद्धिसागर रिजाल, रजनी कार्की, लीलादेवी गजुरेल, धर्मप्रसाद अधिकारी, शरण लामिछाने, श्रीकृष्ण रिजाल, राजेन्द्र तिवारी, बलराम भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । थप पाँचजना सदस्य, महाधिवेशन प्रतिनिधि र सल्लाहकार परिषद् जिल्ला कार्यसमितिले नै मनोनीत गर्ने पनि नवनिर्वाचित अध्यक्ष रामहरि रिमालले जानकारी दिए । अधिवेशनको उद्घाटन एमालेका पूर्वपोलिटब्युरो सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गरेका थिए । बुद्धिजीवीले जिल्ला र देशकै राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि वैचारिक बहस चलाउनुका साथै अनुसन्धात्मक कार्य गर्न उनले जोड दिए । सो कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष एवम् बागमती प्रदेश सभाका सदस्य केशव पाण्डे, एमाले केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज बिन्दा ढुङ्गाना, एमाले जिल्ला अध्यक्ष बद्री मैनाली, बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य डा. दीपेन्द्र श्रेष्ठ, नेकपा एमालेका जिल्ला कमिटीका उपाध्यक्ष बुद्धि प्रधान, उपसचिव नीलकण्ठ आचार्य, विदुर नगरपालिकाका मेयर एवम् नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदिस्य सञ्जु पण्डित, बुद्धिजीवी परिषद् नुवाकोटका पूर्वअध्यक्ष शिवकुमार मिश्रलगायतले शुभकामना व्यक्त गरेका थिए ।