साइकलयात्रीलाई स्वागत

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १२:४३

विदुर, नेपालको उत्तर-दक्षिण नाकाचीनको सिमाना केरुङदेखि भारतको सिमाना रहेको चितवनको ठोरीसम्म साइकल यात्रामा आएका साइकलयात्रीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घले आइतबार विदुरमा स्वागत गरेको छ ।

उत्तरी नाका रसुवागढीबाट सुरु भएको साइकलयात्रा दक्षिणी नाका पुगेर समापन हुने सहभागी रामेश्वर बाँस्कोटाले बताए । बारा राइर्डर्स र हिमालयन राइर्डर्समा आबद्ध साइकलयात्री मकवानपुर र बारा जिल्लाका १० जना रहेका छन् । ‘स्वास्थ्य पर्यावरण र पर्यटनको निम्ति साइकल’ नारा दिइएको उक्त यात्रा फागुन २८ गते सुरु भएर चैत ३ गते समापन हुने सहभागी राजु थापामगरले बताए । साइकलयात्रामा १९ देखि ६३ वर्षसम्मका पुरुष सहभागी रहेको लक्ष्मीचरण श्रेष्ठले बताए । साइकलयात्रीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले स्वागत गर्दै पर्यटन प्रवद्र्धनमा साइकलयात्राले सहयोग पुग्ने बताए । सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, निवर्तमान अध्यक्ष राजनलाल श्रेष्ठसहित पदाधिकारीले स्वागत गर्दै नुवाकोटको दरबार, देवीघाट, बेत्रावतीलगायतको पर्यटकीय क्षेत्रको अवलोकन गर्न सुझाव दिएका थिए ।