प्रेस चौतारीको सचिवमा तारुके

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १३:०३

पोखरा, नेकपा एमालेनिकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपालको पोखरामा गत हप्ता सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट नुवाकोटका विष्णु जमरकट्टेल तारुके केन्द्रीय कार्यसमितिको सचिवमा सर्वसम्मत चयन भएका छन् । पत्रकार तारुके त्रिशूली प्रवाह साप्ताहिक, सेयरबजार साप्ताहिक र अर्थपथ अनलाइनमा सम्पादनमण्डलमा क्रियाशील रहेका छन् ।

पोखरामा भएको नवौँ राष्ट्रिय महाधिवेशनबाट गणेश बस्नेत पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । एक सय ५१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष बस्नेतको नेतृत्वमा रहेको १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर, महासचिवमा हिरामान लामा निर्वाचित भएका छन् । चौतारीको उपमहाचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु जमरकट्टेल तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।